सुन पसलबाट छाँया बैकिङ्ग कारोबार, सञ्चालक पक्राउ गरेर अनुसन्धान गर्दै मोरङ प्रहरी

<span class='c1'>सुन पसलबाट छाँया बैकिङ्ग कारोबार, सञ्चालक</span> <span class='c2'>पक्राउ गरेर अनुसन्धान गर्दै मोरङ प्रहरी</span>

विराटनगर । सुन पसलमा छाँया बैकिङ्ग कारोबार सञ्चालन गरेर सर्वसाधारणको दुई करोड बढी रकम हिनामिना भएको छ । मोरङको सुन्दरहरैंचा नगरपालिका–१० खोर्सानेस्थित कमला ज्वेलर्सका सञ्चालकले सर्वसाधारणको दुई करोड बढी रकम हिनामिना गरेको पाइएको हो ।

सर्वसाधारणलाई बचत पासबुक जारी गरेर गैरकानुनी ढंगबाट छाँया बैकिङ्ग कारोबार गरि ठगी गरेको आरोपमा प्रहरी सञ्चालक राजु विश्वकर्मालाई गत कार्तिक २७ गते नै नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ ।

मोरङ प्रहरीका प्रहरी नायव उपरीक्षक टिकाबहादुर कार्कीका अनुसार ठगी भएको भन्दै सुरु निवेदन पर्दा ८३ लाख ४४ हजार थियो । आरोपित राजु विश्वकर्मा र श्रीमती कमला विश्वकर्मा पक्राउ परेपछि प्रहरीमा जाहेरी दिनेको संख्या सोमबारसम्म ८३ जना पुगेका छन् । उजुरी दिनेको संख्या दैनिक बढिरहेकोले ठगी भएको रकम समेत अझै बढ्ने आशंका प्रहरीले गरेको छ ।

प्रहरीमा पक्राउ परेर अनुसन्धानका क्रममा रहेका विश्वकर्माले सर्वसाधारणलाई १७ प्रतिशत ब्याजको लोभ देखाएर बचत गर्न लगाउने र घरजग्गा खरिद गरेर आफ्नो नाममा पास गर्ने गरेको खुलेको छ । विश्वकर्माले अहिलेसम्म तीनवटा घर खरिद गरिसकेको दावी छ । सर्वासाधारणलाई प्रलोभन देखाएर बचत गराएको रकमबाट व्यक्तिगत सम्पतिमा लगानी गर्ने गरेको देखिएको प्रहरीको अनुसन्धानमा खुलेको हो ।

ठगीमा पर्नेहरुमध्ये धेरै महिला रहेका छन् । पीडित मनमाया राईका अनुसार कारोबार गर्दै जाँदा बचत गर्ने रकम समेत बढेर १२ लाख रुपिँया पुगेको थियो । त्यसपछि सञ्चालक विश्वकर्माले पैसा फिर्ता दिन नसक्ने भएपछि बुझ्दा निजी सम्पति जोडेको देखिएको थियो । अहिले सर्वसाधारण दैनिक प्रहरीमा आएर पक्राउ परेका विश्वकर्माबाट पैसा फिर्ता माग्ने गरेका छन् । विश्वकर्माले तीनवटा घरमध्ये एउटा बिक्री गरेर फिर्ता दिने बचन दिएपनि सर्वसाधारण विश्वस्त हुन सकेका छैनन् ।

प्रहरी नायव उपरीक्षक कार्कीले अनुसन्धानका क्रममा रहेको आरोपितबाट सर्वसाधारणको रकम फिर्ता भएपनि इजाजत बिना नै बैकिङ्ग कारोबार गरेर ठगी आरोपमा उनी विरुद्ध मुद्दा चल्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्