विराटनगरमा संसदीय अभ्यास र समाचार सम्प्रेषण अनुभव आदानप्रदान कार्यक्रम सुरु

<span class='c1'>विराटनगरमा संसदीय अभ्यास र समाचार</span> <span class='c2'>सम्प्रेषण अनुभव आदानप्रदान कार्यक्रम सुरु</span>

विराटनगर । संसदीय पत्रकार मञ्च प्रदेश नं १ द्वारा आज यहाँ आयोजित ‘संसदीय अभ्यास र समाचार सम्प्रेषण अनुभव आदानप्रदान’ विषयक कार्यक्रम सुरु भएको छ ।

प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले उद्घाटन गर्नुभएको दुई दिने सो कार्यक्रममा सातवटै प्रदेशका संसदीय पत्रकार मञ्चका सञ्चारकर्मीको सहभागिता छ ।

संसद्का समाचार सङ्कलन गर्ने पत्रकारले संसद्मा भोगेका तीतामीठा अनुभव, प्राप्त ज्ञान, सत्तापक्ष, प्रतिपक्ष एवं विषयगत समितिले खेलेका भूमिका, संसद्मा सांसदहरुले प्रयोग गर्ने शून्य समय तथा विशेष समयका विषयबारे अनुभव साटासाट गर्नु कार्यक्रमको उद्देश्य रहेको छ ।

सो अवसरमा सचिव पराजुलीले प्रदेशसभाले थोरै समयमा धेरै काम गरेको बताउनुभयो । उहाँले पाँच वर्षभित्रै प्रदेश नं १ मा संशोधनसहितको ६२ कानुन, प्रदेशसभा भवन निर्माणदेखि विकासका काम भएको जानकारी दिनुभयो ।

आयोजक मञ्चका अध्यक्ष गणेश लाम्सालको अध्यक्षतामा भएको सो कार्यक्रमा नेपाल पत्रकार महासङ्घ प्रदेश नं १ का अध्यक्ष लीलाबल्लभ घिमिरे, महासङ्घका पूर्वअध्यक्ष विक्रम लुँइटेल, मञ्चका उपाध्यक्ष बाबुराम भण्डारी, युएनडिपीका प्रतिनिधि डिलादत्त पन्त र नेपाल पत्रकार महासङ्घ मोरङ शाखाका अध्यक्ष सञ्जीव खनालले आ–आफ्नो विचार राख्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्