विराटनगर । मंसिर ४ गते सम्पन्न प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन सकिए सँगै यतिबेला नवनिर्वाचित सांसदका लागि प्रदेश १ को प्रदेशसभा भवन कुरिरहेको छ । भने, सरसफाइसँगै मर्मतका कार्यहरु पनि भइरहेको छ ।
नयाँ सांसद, सभामुख,उप-सभामुख र मुख्यमन्त्री बस्ने कक्ष समेत मर्मत सम्भार हुँदैछ ।
नवनिर्वाचित प्रदेश सांसदको स्वागतसँगै नवगठित सरकारका लागि सभामुख,उप- सभामुख र मुख्यमन्त्री बस्ने कक्ष मर्मत सम्भार भइरहेको प्रदेश १ का प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिए ।
तस्वीर : आवर विराटनगर