सरकार गठबन्धनकै बन्छ तर अहिलेकै जस्तो हुन सक्दैन : गगन थापा

सरकार गठबन्धनकै बन्छ तर अहिलेकै जस्तो हुन सक्दैन : गगन थापा

विराटनगर । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले सरकार गठबन्धनकै बन्ने बताएका छन् ।

विराटनगरमा मंगलबार गुरूराज घिमिरेद्वारा लिखित`बाटाे बिराएकाे राजनीति´ नामक पुस्तक विमाेचन कार्यक्रममा बोल्दै थापाले सरकार गठबन्धनकै हुने तर अहिलेकै जस्तो हुन नसक्ने बताएका हुन् ।

उनले ५ वर्षको सरकार चलाउने भन्दा के गर्ने भन्ने विषयमा स्पष्ट हुनुपर्ने बताउदै सरकार बनाउँदा स्पष्टता, प्रतिबद्धता र चरित्रवान नेतृत्व हुने बताए ।

उनले शक्ति, सिमा र स्राेतकाे सिमितताकाे बीचमा काम गर्नुपर्ने बताउदै वर्तमान अर्थतन्त्र समस्याग्रस्त भईसकेकाे र यसलाई समाधान नगर्नेहाे भने संकटमा जाने उनले बताए । आफूप्रति संकेत गर्दै उनले आफ्नाे पार्टीका नेता काँग्रेसले ५ वर्षको सरकार राम्राे चलाए अहिलेकाे जस्तै २७ प्रतिशतकाे हाेईन ४० प्रतिशतकाे आकारमा पार्टी पुग्ने उनले दाबी गरे ।

यद्यपि सरकार संचालन अहिलेकै तरिकाले गरे गार्हाे हुने उनले स्विकार गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्