मृगौला प्रत्यारोपणका लागि आर्थिक सहयोग गर्न अपिल

<span class='c1'>मृगौला प्रत्यारोपणका लागि आर्थिक</span> <span class='c2'>सहयोग गर्न अपिल</span>

विराटनगर । मृगौला प्रत्यारोपणका लागि आर्थिक सहयोग गर्न असिम शेखले अपिल गरेका छन् ।

वैकल्पिक उपचार अपनाउदा धेरै खर्च भएका कारण मृगौला प्रत्यारोपणका लागि आर्थिक सहयोग गर्न विराटनगर-१ का शेखले अपिल गरेका हुन् ।

राजमिस्त्री गर्दै आएका शेखले पहिलो पटक विराटनगरस्थित गोल्डेन अस्पतालमा उपचारका गएका थिए । अस्पतालले एक महिनाभित्र नै मृगौला प्रत्यारोपण गर्नुपर्ने सुझाव दिएको भए पनि आर्थिक अभावका कारण उपचार गर्न नसकेको उनले सुनाए ।

उपचारका लागि आफू बसेको वडा पनि सहयोगको अपेक्षासहित वडा कार्यालयमा निवेदन दिएको बताउदै उनले वडाले पनि केही सहयोग गर्ने प्रतिवद्धता जनाएको उनले बताए । यतिबेला आयुर्वेदिक पद्धतिबाट भारतको चण्डीगढमा उपचार गराउदै आएको बताउने उनी भारतमा पुगेर उपचार गर्न धेरै महँगो शुल्क तिर्नु परेकाले उपचार रकम जुटाउन थप समस्या परेको उनले बताए ।

‘नेपालमा गोल्डेन अस्पतालमा उपचार गर्न गएँ, त्यहाँ मृगौला प्रत्यारोपण गर्नुपर्छ भन्नुभयो डाक्टर, ’उनले सुनाए,‘पछि भारतको चण्डीगढमा गएर आयुर्वेदिक पद्धतिबाट उपचार गर्न गएको त्यहाँ महँगो शुल्का तिर्नुपर्ने रहेछ, करिब ८ दिन बस्नुपर्छ दिनको १६ हजारसम्म शुल्क तिर्नुपर्ने हुँदा खर्च जुटाउन गह्रो हुनेरहेछ ।’

तीन महिनामा उपचारको क्रममा दुई लाख भारु सकिएको उनले सुनाए । उनले उपचारका लागि तलको मोबाइल नम्बर र बैंक खाता नम्बर समेत दिएका छन् ।

खाता नम्बर : ००८५०८०२८८३७८ नेपाल इन्भेष्टमेन्ट बैँक
नाम : उनकी श्रीमती ओसिला खातुन
फोन नम्बर : ९८०४३३२४०३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्