विराटनगर–१७ मर्टेवानाका क्षेत्र मदिरा निषेधित घोषणा गर्न स्थानीयको माग

विराटनगर–१७ मर्टेवानाका क्षेत्र मदिरा निषेधित घोषणा गर्न स्थानीयको माग

विराटनगर । सीमा क्षेत्रमा मदिरा बिक्री वितरणबाट अपराध बढेको भन्दै विराटनगर–१७ मर्टेवानाकालाई निषेधित क्षेत्र घोषणा गर्न स्थानीयले माग गरेको छ । दशगजा क्षेत्रमा मदिरा बिक्री रोक्न माग गर्दै स्थानीयले मंगलबार वडा कार्यपालिकामा ज्ञापनपत्र बुझाएका हुन् ।

भारतबाट दशगजा क्षेत्रमा खुलेका नेपाली होटलमा मदिरा पीउन आउने भएकोले अपराध तथा सामाजिक विकृत बढाएको भन्दै स्थानीयले तत्काल दशगजा क्षेत्रका होटल बन्द गराउन माग गरेका छन् । मदिरा बेचबिखन निषेधित गर्न माग गर्दै वडा सदस्य चुलिया देवी साहले वडा अध्यक्ष समिम कमरलाई ज्ञापनपत्र बुझाएकी हुन् । उनले स्थानीयको अगुवाई गर्दै वडा समितिको कार्यालयमा ज्ञापन पत्र बुझाएकी हुन् ।

नेपाल भारत दशगजा क्षेत्र मर्टेवामा तीनवटा मदिरा बिक्री वितरण गर्ने होटल खुलेका छन् । ज्ञापनपत्र बुझ्दै वडा अध्यक्ष कमरले दशगजा क्षेत्रमा कुनैपनि संरचना बनाउन नपाईने र सीमा क्षेत्रमा अवाञ्छित क्रियाकलाप हुने किसिमको वातावरण बनाउन नमिल्ने भएकोले स्थानीय माग सकारात्मक रहेको बताएका थिए ।

उनले सीमा नजिकै रहेका मदिरा पसललाई अन्य सार्न आवश्यक पहल गर्ने प्रतिवद्धता जाहेर गरेका छन् । उनले स्थानीयको माग अनुसार होटल सञ्चालकलाई अन्त सार्न आग्रह गरेर निषेधित क्षेत्र घोषणा गरिने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्