प्रदेश १ को समानुपातिकमा खुम्चियो जसपा, राप्रपाको बढ्यो संख्या

प्रदेश १ को समानुपातिकमा खुम्चियो जसपा, राप्रपाको बढ्यो संख्या

विराटनगर । भर्खरै सम्पन्न निर्वाचनमा प्रदेशसभाको समानुपातिकमा खसेको कूल सदरमत १८ लाख ९९ हजार १४४ छ । यसमध्ये सबैभन्दा ठूलो दल बनेको नेकपा एमालेले ६ लाख ६५ हजार ४६० मत पाएको छ ।

नेपाली काँग्रेसले यो पटक ५ लाख ६२ हजार ९५६ मत पाएको छ । माओवादी केन्द्रको पनि अघिल्लो निर्वाच र अहिलेको निर्वाचनमा तुलना गर्दा यो निर्वाचनमा कम मत पाएको छ । अहिलेको निर्वाचनमा १ लाख ८१ हजार २४५ मत मात्रै पाएको माओवादी केन्द्रले ०७४ मा २ लाख ६ हजार ७८१ मत पाएको थियो ।

यस्तै अघिल्लो पटक प्रदेशसभामा प्रत्यक्षमा १ र समानुपातिकमा २ गरी तीन सांसद रहेको चौथो ठूलो दल बनेको तत्कालिन संघीय समाजवादी र हालको जसपाले यो पटक भने खुम्चिएको छ । यो पटकको निर्वाचनमा ६१ हजार ७२३ मत पाएको छ । राप्रपाले भने ०७४ को निर्वाचनको तुलनामा यस पटक सिट संख्या बढाएको छ ।

अघिल्लो निर्वाचनमा १ जना सांसदको प्रतिनिधित्व गरेको राप्रपाले २ जना सांसद प्रत्यक्षमा जित्दा समानुपातिक तर्फ भने अघिल्लो पटकको तुलनामा झण्डै तीन गुणा बढी मत ल्याएको छ ।

राप्रपाले यो निर्वाचनमा १ लाख ९८ हजार ५११ मत पाएको छ । यता एमालेबाट विभाजित भएर बनेको नेकपा (एकीकृत समाजवादी)को यसअघि १० जना प्रदेशसभा सदस्य थिए । तर, अहिले प्रत्यक्षमा ३ र समानुपातिकमा एक सिट पाएको छ । समाजवादीले यो निर्वाचनमा ५५ हजार ९ सय ५७ मत प्राप्त गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्