विराट एक्स्पो : विराटनगरको पर्यटन पेभिलियनबाट सगरमाथा

<span class='c1'>विराट एक्स्पो : विराटनगरको</span> <span class='c2'>पर्यटन पेभिलियनबाट सगरमाथा</span>

विराटनगर । विराटनगर–१४ स्थित स्नातकोत्तर क्याम्पस परिसरको पुरानो हवाई फिल्डमा मंसिर २९ गतेदेखि आयोजना हुने विराट एक्स्पोमा पर्यटकीय क्षेत्रलाई विगत भन्दा भिन्न किसिमले प्रवद्र्धन गर्ने तयारी गरिएको छ । थ्रिडी भिआर प्रविधिको प्रयोग गरी आकर्षक तरिकाले प्रदेश १ का पर्यटकीय स्थलहरूको भिडियोग्राफिको माध्ययमबाट प्रवद्र्धन गरिने भएको हो ।

एक्स्पोमा अत्याधुनिक प्रविधिको प्रयोग गरिने हुँदा आगन्तुकहरूले प्रदेश १ का पर्यटकीय स्थलहरूलाई नजिकबाट नियाल्न सक्ने छन् । प्रदेशको पर्यटकीय स्थलहरूलाई प्रविधिमार्फत नजिकबाट नियाल्न चाहने आगन्तुकहरूलाई लक्षित गरी छुट्टै पेभिलियनको व्यवस्था गरिएको विराट एक्स्पोका प्रचारप्रसार संयोजक नन्दकिशोर राठीले बताए ।

राठीका अनुसार एक्स्पोमा थ्रिडीआर प्रविधिको माध्ययमबाट सगरमाथा बेश क्याम्प, कञ्चनजंघा बेस क्याम्प, ग्योको लेक, पाथीभर क्षेत्रको दृश्यावलोकन तथा धार्मिक टूर गर्न सकिने छ । यस्तै होलोग्राम प्रविधिका माध्ययमबाट समेत भर्चुअल रियालिटीमा बराह क्षेत्र, तीनजुरे मिल्के तथा पाथीभराका दृश्यहरू अवलोकन गर्न सकिने छ । राठीका अनुसार प्यागोडा शैलीमा आकर्षक डिजाइनसहित निर्माण गरिने पर्यटन पेभिलियनमा प्रदेश १ का विभिन्न पर्यटकीय गन्तव्यहरूको जानकारी राखिने छ ।

नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ को पर्यटन समितिकम संयोजक भविशकुमार श्रेष्ठले प्रदेश १ का धार्मिक, सांस्कृतिक, प्रकृतिक पर्यटकीय स्थलहरूका बारेमा एकै थलोमा जानकारी दिइने बताए । उनले पर्यटनका लागि छुट्टै पेभिलियन बनाएर आगन्तुकहरूलाई पर्यटकीय स्थलबारे विस्तृत जानकारी दिइने स्पष्ट पारे ।

एक्स्पोमा राखिने पर्यटन पेभिलियनमा पर्यटन व्यवसायीको संस्था होटल एशोसिएसन, टूर अपरेटर एशोसियसनलगायतका संस्थाहरूले माउण्टेन फ्लाइट तथा प्रदेश १ का विभिन्न गन्तव्यहरूको टूर प्याकेज उपलब्ध गराउने आयोजक उद्योग संगठन मोरङले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्