विराटनगर । विराटनगर महानगरपालिकाले पनि बजार क्षेत्रमा डोजर चलाएको छ ।
बुधाबार महानगरले चोकमा रहेका अनाधिकृत संरचनामाथि डोजर चलाएको हो । यसअघि सो क्षेत्रमा रहेका संरचनाहरु हटाउन महानगरले माइकिङ, साथै विभिन्न पत्रपत्रिका मार्फत सूचना जारी गरेको थियो ।
काठमाण्डौ बाट सुरु भएको अनाधिकृत संरचना हटाउने अभियान पछिल्लो समय विराटनगरसँगै अन्य जिल्लामा पनि सुरु भएको छ ।
विराटनगर महानगरपालिकाले नगरप्रमुर नागरेश कोईरालाले नै निर्माण गरेको अनाधिकृत संरचनामा डोजर चलाएर यो अभियान सुरु गरेको हो ।
शहर सुन्दरीकरण महानगरको मुख्य उद्देश्य रहेको नगर प्रहरी प्रमुख राजन पौडेल बताउछन् ।
महानगर भित्र अतिक्रमण गरेर निर्माण गरेका अनाधिकृत संरचनालाई हटाउन पहिले नै पत्रपत्रिका मार्फत, माइकिङ मार्फत सूचना जारी गरेको बताउदै उनले भने,‘यो अभियानमा सूचना दिनमा हामी कहीँ चुकेका छैनौँ ’