विराटनगरको लर्ड बुद्ध निकेतनका विद्यार्थीले गरे ट्राफिक सचेतना कार्यक्रम

विराटनगरको लर्ड बुद्ध निकेतनका विद्यार्थीले गरे ट्राफिक सचेतना कार्यक्रम

विराटनगर । विराटनगर २ स्थित लर्ड बुद्ध निकेतन विद्यालयका विद्यार्थीहरूले ट्राफिक नियम सम्बन्धि जनचेतना मुलक कार्यक्रमकाे आयोजना गरेका छन् ।

विद्यार्थीहरू सवारीचालक तथा पैदलयात्रुलाई सवारी नियम र सुरक्षित रहने तरिकाबारे सचेत बनाउँदै दुर्घटना न्यूनीकरण गराउने अभियानमा लागेका हुन् ।

विद्यार्थीले सडकमा ट्राफिक नियम, सडक पार गर्ने स्थान, पैदलयात्रा गर्ने तरिका, सवारी रोक्ने, चढ्ने र झर्ने साइड, बालबालिकाको सुरक्षालगायतका विषयमा चेतनामूलक कार्यक्रम आयाेजना गरेका थिए । विद्यार्थीहरुले विराटनगरको तीनपैनी चौक परिक्रमा गर्दै ट्राफिक नियम सम्बन्धि जनचेतना मुलक क्रार्यक्रम गरेका हुन् ।

चालक वा पैदलयात्रुको लापरवाहीका कारण दुर्घटना हुने र अकालमा मृत्यु हुने भएकाले यस विषयमा सबैलाई जागरूक र जिम्मेवार बनाउन आफुहरू अग्रसर भएको विद्यार्थीहरुकाे भनाइ छ । विद्यालयका भाईस प्रिन्सिपल मनोज ओझाले विद्यार्थीहरुलाई सामाजिक रुपमा अगाडी बढाउन यस्ता कार्यक्रम गरेको बताए ।

सचेतना फैलाउने, सूचना प्रवाह गर्नेजस्ता कार्यमा विद्यार्थीको महत्वपूर्ण भूमिका हुने भएकाले आफुहरूले सचेतना अभियानमा विद्यार्थीहरुलाई सहभागी गराउदै आएको ओझाले बताए । लर्ड बुद्ध निकेतनका विद्यार्थीहरुले यस अघि पनि यस्ता सामाजिक कार्य गदै आएका छन् ।

उक्त कार्यक्रममा मोरङका प्रमुख ट्राफिक प्रहरी निरीक्षक राजकुमार कार्की र सामुदायीक प्रहरी सेवा केन्द्र तीनपैनीका अध्यक्ष मिना जोशीको उपस्थिति रहेको थियो ।

लर्ड बुद्ध निकेतन स्कुलका ७ र ८ मा अध्ययनरत ८० जना विद्यार्थीहरुको सहभागीतामा तिनपैनी चोकमा ट्राफिक सचेतना कार्यक्रम गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्