विराटनगर । मोबाइल सेवा प्रदायक कम्पनी एनसेल आजियाटा लिमिटेडको नेटवर्क डाउन भएको छ ।
आज बिहानैदेखि कम्पनीको मोबाइल सेवा देशभरी नै ठप्प भएको हो ।
फाइबर ब्रेक भएको कारणले गर्दा मोबाइलमा फोन नलाग्ने समस्या भएको एनसेल विराटनगर शाखा प्रमुख चान्द इराकिले बताए ।
समस्या जाँच गर्ने कार्य भइरहेको प्रमुख इराकिले जानकारी दिए ।
समस्या सक्दो चाँडो समाधान हुनेछ, केही समय प्रतिक्षा गर्न प्रमुख इराकिले आग्रह गरे ।