प्रदेश १ मा धान उत्पादन बृद्धि

<span class='c1'>प्रदेश १ मा</span> <span class='c2'>धान उत्पादन बृद्धि</span>

विराटनगर । प्रदेश १ मा यो वर्ष धान उत्पादनमा बृद्धि भएको छ । गतवर्ष भन्दा १६ हजार २०० मेट्रिकटनले धान उत्पादनमा बृद्धि भएको हो ।

प्रदेश १ मा चालु आर्थिक वर्ष ३ लाख ३१ हजार ८८.९४ हेक्टरमा धान खेती गरिएको थियो । जसमा १२ लाख ९८ हजार ८५५ मेट्रिकटन धान उत्पादन भएको प्रदेश १ कृषि मन्त्रालयको तथ्यांकमा उल्लेख छ । प्रदेशमा ३ लाख ४० हजार ८२९ हेक्टर क्षेत्रफल धानखेती योग्य मानिन्छ ।
मन्त्रालयका अभिमन्यु अधिकारीका अनुसार ५ हजार ३५ हेक्टर कममा धान खेती भएपनि चालु आर्थिक वर्षमा उत्पादन बढेको छ । गत वर्ष १२ लाख ८२ जहार ५७३ मेट्रिकटन धान उत्पादन भएको थियो । चालु आर्थिक वर्ष ३.९२ प्रतिहेक्टर उत्पादकत्व रहेको छ । गतवर्ष ३.८२ मात्रै थियो ।

प्रदेश १ का ताप्लेजुङ, संखुवासभा र सोलुखुम्बुमा २३ हजार ७६३ हेक्टरमा २ दशमलव ६५ मेट्रिकटन प्रतिहेक्टर धान उत्पादन भएको छ । तीनवटा हिमाली जिल्लामा चालु वर्षमा ६३ हजार ४ दशमलव ६६ मेट्रिकटन धान उत्पादन भएको हो ।

यसैगरी पाँचथर, इलाम, भोजपुर, तेह्रथुम, धनकुटा, उदयपुर, ओखलढुंगा र खोटाङमा ८७ हजार ९३२ हेक्टरमा धान खेती लगाइएको थियो । पहाडी जिल्लामा २.९२ प्रतिहेक्टरका दरले २ लाख ५७ हजार १९१ मेट्रिकटन धान उत्पादन भएको अधिकारीले जानकारी दिनुभयो ।
तराईका जिल्ला सुनसरी, मोरङ र झापामा २ लाख १९ हजार ३९३ हेक्टरमा धान खेति भएकोमा ४.४६ मेट्रिकटन प्रतिहेक्टर उत्पादन भएको छ । यी तीन जिल्लामा ९ लाख ७८ हजार ६५८ मेट्रिकटन धान उत्पादन भएको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्