विराट बहिरा विद्यालयका विद्यार्थीहरुलाई जाडोका कपडा वितरण

<span class='c1'>विराट बहिरा विद्यालयका विद्यार्थीहरुलाई</span> <span class='c2'>जाडोका कपडा वितरण</span>

विराटनगर । विराटनगर-६ कोचाखालमा रहेको विराट बहिरा माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई न्यानो माया अन्तर्गत जाडोका कपडा वितरण गरिएको छ ।

विराटनगरका समाजसेवी तथा गोरधनदास कमलावती परोपकारी प्रतिष्ठानका अध्यक्ष जगदिश प्रसाद अग्रवालको सहयोगमा विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिएको हो ।

कक्षा १ देखी कक्षा १२ सम्मका २ यस ३५ जना विद्यार्थीहरुलाई जाडोमा लगाउने ज्याकेट वितरण गरिएको विराट बहिरा माध्यमिक विद्यालयकी प्रध्यानध्यापक मिनु दाहालले जानकारी दिनुभयो ।

विद्यार्थीहरुलाई जाडोमा यसरी न्यानो कपडा पाउँदा विद्यार्थीहरुलाई ठुलो राहत सम्म मिल्ने दाहाले बताउनुभयो ।
न्यानो कपडा वितरण कार्यक्रमका प्रमुख अतिथी प्रमुख जिल्ला अधिकारी काशीराज दाहाल, समाजसेवी मिना जोशी , देव किशन मुन्दडा, विद्यालय व्यावस्थापन समितिका सदस्य प्रकाश भक्त जोशी लगायत अन्य अतिथीहरुले विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेका थिए ।

यता जाडोमा आफुहरुलाई आवश्यक पर्ने ज्याकेट पाएसँगै विद्यार्थीहरु हर्षित भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्