विराटनगर । विवाहित महिलाहरूलाई लक्षित गरि आयोजना गरिएको चौंथो संस्करणको मिमेस कोशी प्रतियोगिता हुने भएको छ । उक्त प्रतियोगिताको पहिलो अडिसन पुस २ गते विराटनगरमा हुने भएको छ ।
यो प्रतियोगितामा विवाहित महिला, एकल र सम्बन्ध विच्छेद गरेका महिलाहरूले भाग लिन पाउनेछन् । जय मिडिया म्यानिजमेन्ट प्रालिको आयोजना हुँदै आएको प्रतियोगितामा भाग लिनको लागि आवेदन पनि खुल्ला गरेको छ । प्रतियोगितामा सहभागिहरूको लागि अनलाइनदेखि प्रत्यक्ष भेटेर पनि आवेदन दिनसक्ने जय मिडिया म्यानिजमेन्ट प्रालिका अध्यक्ष जय राज रायले जानकारी दिए ।