विराटनगर । विराटनगर ९ स्थित शिक्षादीप कलेजले प्रथम त्रैमासिक परीक्षामा उत्कृष्ट अंक ल्याउने व्यवस्थापन संकायका विद्यार्थीलाई पुरस्कृत गरेको छ ।
कलेजले कक्षा ११ र १२ का विद्यार्थीहरुलाई आइतबार एक कार्यक्रमबीच पुरस्कृत गरेको हो ।
कलेजले संचालन गरेको परिक्षाहरुमा उत्कृष्ट अंक ल्याउने छात्र छात्राहरुलाई आकर्षक छात्रवृति प्रदान गर्नुका साथै नगद पुरस्कार प्रदान गर्ने गरेको जानकारी कलेजका व्यवस्थापन संकायक को-अर्डिनेटर शंकर भट्टराईले बताए ।
यसैबीच कक्षा ११ र १२ मा प्रथम, दोस्रो र तृतीय हुने सन्दिप चौधरी, नितेश यादव, रुची चौधरी, सौगात क्षेत्री, रोसन कुमार सहनी, समिक्षा न्यौपाने, श्रियन्सा दाहाल खत्री र सुमन आचार्यलगायतका विद्यार्थीहरुलाई कलेजका प्रिन्सिपल ज्ञानवहादुर खड्का, को-अर्डिनेटर भट्टराई र निर्देशक टेकेन्द्र बस्नेतले पुरस्कृत गरेका थिए ।
यसैविच कलेजले आयोजना गरेको वक्तृत्वकला प्रतियोगिता प्रथम, द्वितिय, तृतीय र शान्तवना स्थान हासिल गर्ने क्रमशः ललिता साह, प्रज्जवल कडरिया, अञ्जु मण्डल र इशा कार्कीलाई पनि पुरस्कृत गरिएको थियो ।