विराटनगर महानगरद्वारा ५० प्रतिशत अनुदानमा मकैको बिऊ र जिङ्क वितरण

<span class='c1'>विराटनगर महानगरद्वारा ५० प्रतिशत अनुदानमा</span> <span class='c2'>मकैको बिऊ र जिङ्क वितरण</span>

विराटनगर । विराटनगर महानगरपालिकाले अनुदानमा कृषकहरूलाई मकैको बिऊ जिङ्क वितरण गरेको छ ।

महानगर क्षेत्रभित्रका कृषक समूह र सहकारी कृषि फर्महरूलाई ५० प्रतिशत अनुदानमा बिऊ वितरण गरेको हो ।

महानगरको आर्थिक विकास महाशाखाअन्तर्गतको कृषि शाखाले आइतबार एक कार्यक्रमको आयोजना गरेर हाब्रिड मकैको बिऊ र जिङ्क वितरण गरेको छ । कार्यक्रममा महानगरका मेयर नागेश कोइराला, आर्थिक विकास समितिका संयोजक श्याम घिमिरे, आर्थिक विकास महाशाखा प्रमुख दीपक पौडेलले कृषक समूहलाई बिऊ र जिङ्क वितरण गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै मेयर कोइरालाले अव्यवस्थित सहरीकरणका कारण खेतीयोग्य जमिन मासिँदै गएको बताए । उनले रासायनिक मलका कारण उत्पादत्वमा ह्रास आएको चर्चा गरे । उनले प्राङ्गारिक र जैविक मलको प्रयोग बढाएर उत्पादन वृद्धि गर्नुपर्नेमा जोड दिए । “महानगरपालिकाभित्र जति जमिन छ त्यसमा उत्पादकत्व वृद्धि गर्नु आवश्यक छ,” उनले भने, “त्यसका लागि महानगरले कृषकलाई गर्ने सहयोग गर्छ ।” वडा नम्बर १९ का वडाध्यक्षसमेत रहेका श्याम घिमिरेले जथाभावी रासायनिक मलको प्रयोगले उत्पादन घट्नुका साथै जमिनको उर्बरा शक्तिमा कमी आइरहेको बताए । महानगरले २६ वटा कृषक समूह र सहकारी कृषि फर्मका ३३९ घरधुरीलाई १ हजार १७६ मकैको बिउ, ८ हजार ३३३ केजी जिङ्क वितरण गर्नेछ । सो बिउबाट ५४ दशमलव ६२ हेक्टर र जिङ्कले ५२ दशमलव ३२ हेक्टर क्षेत्रफलमा खेती गर्न सकिने कृषि शाखा प्रमुख खगेश्वर तिम्सिनाले जानकारी दिए ।

तेलहन बाली पकेट कार्यक्रमअन्तर्गत तोरी बालीका लागि विराटनगर-१९ मा साना किसान कृषि सहकारी संस्था र मकै पकेट कार्यक्रम विराटनगर-१८ मा समावेशी कृषक समूहमार्फत सञ्चालनमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्