प्रदेश १ : समानुपातिक सांसद कुन दलबाट को–को परे ?

प्रदेश १ : समानुपातिक सांसद कुन दलबाट को–को परे ?

सुजता लिम्बू
विराटनगर । प्रदेश १ मा ५६ वटा प्रदेशसभा सदस्य निर्वाचन क्षेत्रका लागि मंसिर ४ गते भएको निर्वाचनको प्रत्यक्ष र समानुपातिकको मत परिणाम सार्वजानिक भएको छ । सम्पूर्ण दलले प्रतिनिधि र प्रदेशसभाका लागि समानुपातिकको नाम पनि टुङ्ग्याएको छ । मंसिर ४ गते सम्पन्न निर्वाचनमा प्रदेश १ मा प्रत्यक्षतर्फ ५६ जनामध्ये दुईजना मात्रै महिला उम्मेदवार निर्वाचित भएका छन् । तुलनात्मक हिसाबले भन्ने हो भने प्रत्यक्षमा पुरुषको वर्चस्व छ भने, समानुपातिकतर्फ महिला धेरै छन् । प्रदेश १ मा प्रत्यक्षमा ५६ जना र समानुपातिकमा ३७ गरी ९३ जना सांसद रहेनछन् । पछिल्लो मतपरिणाम अनुसार समानुपातिकमा एमालेले १५ सिट, काँग्रेसले १२, माओवादीले ४, राप्रपाले ४, जसपा र एकिकृत समाजवादीले १÷१ सिट पाएको छ ।

प्रदेश १ बाट प्रत्यक्षमा निर्वाचित सूचीसहित
नेकपा एमालेको तर्फबाट प्रदेश १ मा २५ जना प्रत्यक्ष निर्वाचित मध्ये एकजना महिला पनि छैनन् । एमालेमा ७ जना आदिवासीले प्रदेशसभामा प्रतिनिधित्व गर्दैछन् । भने, १६ जना खसआर्य र २ जना मधेशी समुदायका रहेका छन् । यता, दोश्रो ठूलो दल नेपाली काँग्रेसमा पनि एकजना पनि प्रत्यक्ष तर्फ महिला छैनन् । काँग्रेसमा प्रदेशसभामा ९ जना आदिवासीले प्रतिनिधित्व गर्ने छन् । भने, ५ जना खसआर्य र तीनजना मधेसी समुदायका रहेका छन् । मओवादी केन्द्रमा पनि प्रत्यक्षतर्फ महिला शुन्य नै छन् । माओवादीले तीनजना आदीवासीले प्रदेशसभामा प्रतिनिधित्व गर्नेछन् भने, ८ जना खसआर्यले प्रतिनिधित्व गर्दैछन् । यता एमाले विभाजितबाट बनेको एकिकृत समाजवादीमा भने प्रत्यक्षतर्फ दुई पुरुष र एकजना महिला निर्वाचित भएका छन् । एकिकृत समाजवादीबाट निर्वाचित तीनैजना आदिवासी हुन् । राप्रपामा प्रत्यक्षतर्फ एक महिला र एक पुरुष निर्वाचित भएका छन् । उनीहरु दुवैजना खसआर्य हुन् ।

नेकपा एमाले विजयी उम्मेदवारहरू
आदिवासी
१) पाँचकर्ण राई, खोटाङ (क)
२) जयप्रकाश चौधरी, मोरङ ४ (क)
३) तिलकुमार मेन्याङ्बो, ताप्लेजुङ (क)
४) रामबहादुर राना, इलाम २ (ख)
५) विदुरकुमार लिङ्थेप, संखुवासभा (ख)
६) निरन राई, धनकुटा (क)
७) विजयकुमार राई, सुनसरी १ (ख)

खसआर्य
१) तिलचन पाठक, झापा २ (ख)
२) छविलाल चूडाल, झापा ३ (ख)
३) राधाकृष्ण खनाल, झापा ४ (क)
४) हिक्मतकुमार कार्की, झापा ५ (क)
५) होमबहादुर थापा, झापा ५ (ख)
६) एकराज कार्की, झापा २ (क)
७) इन्द्रमणि पराजुली, धनकुटा (ख)
८) उमाकान्त गौतम, मोरङ १ (क)
९) लीलाबल्लभ अधिकारी, मोरङ २ (ख)
१० ) रेवतीरमण भण्डारी, सुनसरी २ (क)
१२) बुद्धिकुमार राजभण्डारी, सोलुखुम्बु (ख)
१३) किशोरचन्द्र दुलाल, तेह्रथुम (क)
१४) ज्ञानेन्द्र सुवेदी, मोरङ ३ (ख)
१५) रमेशकुमार बस्नेत, सुनसरी १ (क)
२१) रोहितबहादुर कार्की, सुनसरी ३ (क)
१६) खड्गबहादुर बस्नेत, मोरङ १ (ख)
मधेसी
१) रामप्रसाद महतो, सुनसरी २ (ख)
२) रामदेव यादव, सुनसरी ३ (ख)

नेपाली काँग्रेस
आदीवासी
१) भूपेन्द्र राई, खोटाङ (ख)
२) प्रदीपकुमार सुनुवार, ओखलढुंगा (क)
३) गोपाल तामाङ, झापा १ (क)
४) खगेनसिंह हाङ्गाम, ताप्लेजुङ (ख)
५) मानबहादुर लिम्बू, मोरङ ३ (क)
५) भूमिप्रसाद राजवंशी, झापा ३ (क)
७) सन्तोष सुब्बा, तेह्रथुम (क)
८) विनोद राई, भोजपुर (ख)
९) शमशेर राई, इलाम १ (ख)

खसआर्य
१ ) रामकुमार खत्री, उदयपुर २ (ख)
२) भीम पराजुली, मोरङ ४ (ख)
३) अमृत अर्याल, मोरङ ५ (ख)
४) गोविन्द गिरी, इलाम २ (क)
५) हिमाल कार्की, उदयपुर १ (ख)
मधेशी
१) गयानन्द मण्डल, मोरङ ५ (क)
२) सदानन्द मण्डल, सुनसरी ४ (क)
घ) इसाइल मन्सुरी, सुनसरी ४ (ख)
माओवादी केन्द्र
आदिवासी
१) इन्द्रबहादुर आङ्बो, पाँचथर २
२) राजन किराँती, उदयपुर १ (क)
३) गोम्बु शेर्पा, सोलुखुम्बु (क)
खसआर्य
२) बाबुराम गौतम, ओखलढुंगा १ (ख)
३) नारायणबहादुर मगर, उदयपुर २ (क)
४) राजेन्द्र कार्की, संखुवासभा (क)
५) दुर्गाप्रसाद चापागाईं, तेह्रथुम (ख)
६) गणेशप्रसाद उप्रेती, मोरङ २ (क)
८) जीवन आचार्य, मोरङ ६ (क)
नेकपा समाजवादी
आदिवासी
१) राजेन्द्रकुमार राई, भोजपुर (क)
२) कमलप्रसाद जबेगु, पाँचथर (क)
३) खिनु लङ्वा लिम्बू, इलाम १ (क)

राप्रपा विजयी क्षेत्र
खसआर्य
१) सविना बजगाईं, झापा १ (ख)
२) भक्तिप्रसाद सिटौला, झापा ४ (ख

प्रदेशमा प्रतिनिधित्व गर्ने समानुपातिक सांसदको अन्तिम नामावली सूचीसहित
प्रदेश १ मा प्रतिनिधित्व गर्ने ३७ जना समानुपातिक सांसदको अन्तिम नामावदी आइसकेको छ । जसममा एमालेको १७ जना छन् । जसमध्यै ७ जना जनजाति, ४ खसआर्य, १ जना दलित, १ जना मधेसी, १ जना थारी र १ जना मुस्मि रहेका छन् । नेपाली काँग्रेसमा १२ जना समानुपातिक सांसदले प्रदेशसभामा प्रतिनिधित्व गर्ने छन् । जसमा ६ जना जनजाति, तीनजना खसआर्य, १ जना दलित, १ जना मधेसी र १ जना थारु रहेका छन् । यस्तै मओवादीमा ४ जना समानुपातिक सांसदहरुले प्रदेशसभामा प्रतिनिधित्व गर्नेछन् । जसमा २ जना जनजाति, १ खसआर्य र एक दलित रहेका छन् । राप्रपामा पनि ४ जनाले प्रदेशसभामा प्रतिनिधित्व गर्दैछन् । जसमा २ जना आदिवासी एक खसआर्य र एक दलित रहेका छन् । जसपमा र एकीकृत समाजवादीका २ जनाले प्रदेशसभामा प्रतिनिधित्व गर्दैछन् । दुवैजना आदिवासी महिला रहेका छन् ।
■ एमाले
जनजाति
नम्बरलाल धिमाल (झापा, अल्पसंख्यक), सृजना दनुवार (उदयपुर, अल्पसंख्यक), कमला थापामगर (झापा), मीना श्रेष्ठ (सुनसरी), सृजना राई (भोजपुर), मालतीकुमारी लिम्बू (मोरङ), लहरूमाया जिमी याक्खा (सुनसरी, अल्पसंख्यक)
खसआर्य
शिला दीक्षित कार्की (मोरङ), तारादेवी ढकाल (झापा), निरादेवी खनाल आचार्य (सुनसरी), गीतादेवी रेग्मी (उदयपुर) दलित (१) ः कमला दर्नाल (तेह्रथुम)

मधेसी
गीतारानी महतो (मोरङ)

थारु
ललिताकुमारी चौधरी (मोरङ) मुस्लिम (१) नुरशादी वेगम (मोरङ)

■ कांग्रेस

जनजाति
मोहन महर्जन (झापा), मैया श्रेष्ठ (झापा), डोल्मा तामाङ (सिन्धुपाल्चोक), लीलाकुमारी राई (उदयपुर), ममता मगर तामाङ (सुनसरी), शोभा चेम्जोङ (कैलाली)

खसआर्य :
उद्धव थापा (झापा), इन्दिरा थापा (धनकुटा), खगेश्वरी
पौडेल (झापा)

दलित
सुनीताकुमारी गुरुङ (सुनसरी, अल्पसंख्यक)
मधेसी लखीकुमारी गणेश (झापा, अल्पसंख्यक)
थारु सुनीता गच्छदार चौधरी (सुनसरी)
माओवादी
जनजाति
वन्दना झागर (झापा, अल्पसंख्यक), सम्झना तामाङ थाम्सुहाङ (उदयपुर)
खसआर्य
गीता तिम्सिना (मोरङ)
दलित
सपना दर्जी (सुनसरी)

राप्रपा
जनजाति
प्रेमराज थाम्सुहाङ (पाँचथर), निम्सरी राजवंशी (झापा)
खसआर्य :अम्बरबहादुर विष्ट (झापा)
दलित : गोपालबहादुर विश्वकर्मा (झापा)

■ जसपा
जनजाति (१) निर्मला लिम्बू (ताप्लेजुङ)
■ एकीकृत समाजवादी
जनजाति (१)
विद्या चाम्लिङ राई (मोरङ)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्