विराटनगरले बाँड्यो मकैको बिऊ

विराटनगरले बाँड्यो मकैको बिऊ

विराटनगर । विराटनगर महानगरपालिकाले अनुदानमा कृषकहरूलाई मकैको बिऊ जिङ्क वितरण गरेको छ । महानगर क्षेत्रभित्रका कृषक समूह र सहकारी कृषि फर्महरूलाई ५० प्रतिशत अनुदानमा बिऊ वितरण गरेको हो ।

महानगरको आर्थिक विकास महाशाखा अन्तर्गतको कृषि शाखाले आइतबार एक कार्यक्रमको आयोजना गरेर हाब्रिड मकैको बिऊ र जिङ्क वितरण गरेको छ । विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले समूह र सहकारीका प्रतिनिधिलाई बिऊ हस्तान्तरण गर्नु भएको थियो ।

प्रमुख कोइरालाले अव्यवस्थित सहरीकरणका कारण खेतीयोग्य जमिन मासिँदै गएकोले बाँकी कृषियोग्य जमिनको सुरक्षा गरिने बताउनुभयो । कोइरालाले रासायनिक मलको सट्टा प्राङ्गारिक र जैविक मलको प्रयोग बढाउन किसानहरुलाई आग्रह समेत गर्नुभयो । महानगरपालिकाभित्र सुरक्षित रहेको खेतीयोग्य जमिनको उत्पादकत्व बृद्धि गर्ने र त्यसको सुरक्षामा ध्यान दिने प्रमुख कोइरालाको दावी छ ।

आर्थिक विकास समितिका संयोजक तथा वडा नम्बर १९ का वडाध्यक्ष श्याम घिमिरेले जथाभावी रासायनिक मलको प्रयोगले उत्पादन घट्नुका साथै जमिनको उर्बरा शक्तिमा कमी आइरहेको बताउनुभयो । महानगरले २६ वटा कृषक समूह र सहकारी कृषि फर्मका ३३९ घरधुरीलाई १ हजार १७६ केज् िमकैको बिउ, ८ हजार ३३३ केजी जिङ्क वितरण गर्ने योजना रहेको छ । बिउबाट ५४ दशमलव ६२ हेक्टर र जिङ्कले ५२ दशमलव ३२ हेक्टर क्षेत्रफलमा खेती गर्न सकिने कृषि शाखा प्रमुख खगेश्वर तिम्सिनाले जानकारी दिनुभयो ।

तेलहन बाली पकेट कार्यक्रमअन्तर्गत तोरी बालीका लागि विराटनगर–१९ मा साना किसान कृषि सहकारी संस्था र मकै पकेट कार्यक्रम विराटनगर–१८ मा समावेशी कृषक समूहमार्फत सञ्चालनमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्