विराटनगरका चारसय दुई कुकुरकोे बन्ध्याकरण

<span class='c1'>विराटनगरका चारसय दुई</span> <span class='c2'>कुकुरकोे बन्ध्याकरण</span>

विराटनगर । विराटनगर महानगरपालिकाले सञ्चालन गरेको अभियानअन्तर्गत पहिलो चरणमा ४०२ वटा सामुदायिक कुकुरको बन्ध्याकरण गरिएको छ । महानगरले गत सोमबारदेखि अभियान सञ्चालन गरेको थियो । पहिलो चरणको अभियान आइतबार सकिएको हो ।

चार सय सामुदायिक कुकुरको बन्ध्याकरण र रेविजविरुद्धको खोप लगाउने लक्ष्य राखिएको थियो । जसमा २४० वटा डाँगा र १६२ छाउरीको बन्ध्याकरण गरिएको पशुपंक्षी विकास शाखाका प्रमुख शुभनारायण यादवले जानकारी दिनुभयो ।

विराटनगर–१९ मा रहेको पशुसेवा सम्पर्क कार्यालयमार्फत बन्ध्याकरण गरिएको थियो । सहारा एनिमल केयरसँगको सहकार्यमा गरिएको अभियानमा बन्ध्याकरण र रेविजको खोप लगाएपछि सम्बन्धित कुकुरलाई नियन्त्रणमा लिएकै स्थानमा लगेर छाडिएको थियो । दोस्रो चरणको अभियान माघमा सञ्चालन गरिने छ । दोस्रो चरणको अभियानमा महानगर र सहाराले ६–६ सय कुकुरको बन्ध्याकरण र रेविजविरुद्धको खोप लगाउने योजना छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्