सुजता लिम्बू
विराटनगर । एउटै समाजमा बाँचेका मान्छेहरुको जिउने जीवनशैली फरक हुन्छ । कोही सम्पन्नतामा बाँचेका हुन्छन् । त, कोही गरिबी र दुखःले छाक टारिरहेका हुन्छन् । त्यही समाजमा बाँचेका दुई खालका मान्छेहरुको बीचमा जब विचार बाझ्न थाल्छ त्यहाँ अशान्तिको जन्म हुन्छ । अभावको रापले पिल्सिदै जान्छ त्यहाँ सामन्त र शोषणले विभेदको आगो थप दन्काउँदै जान्छ । अनि त्यहीँबाट सुरु हुन्छ विद्रोह । त्यही अभाव र सम्पन्नता बीचको लडाइलाई समानताको बाटो खोज्दै १४ वर्षको उमेरमा जनयुद्धमा होमिएकी झापाकी बन्दना झाँगड प्रदेश १ प्रदेशसभामा समानुपातिक सांसदमा चुनिएकी छिन् । ३६ वर्षीया बन्दना झाँगड समुदायको पहिलो महिला सांसद हुन् । ७ वर्षको उमेरमा आमा गुमाएकी उनी बुवाको हेरचाह र रेखदेखमा आफ्नो बाल्यकाल बिताइन् ।
साँझ विहान अर्काको खेतमा खेताला गएर होस या, गुँइठा (गोबरबाट बनिने दाउराको रुपमा प्रयोग गरिने ) टिपेर उनले कामसँगै पढाईलाई निरन्तरता दिएकी थिइन् । सानै उमेरदेखि विद्रोही स्वभावकी बन्दनालाई विभेद र अन्यायको विरुद्ध आवाज उठाउन आफूले भोगेको भोगाइ र परिस्थितिले सिकाएको बताउछिन् ।
‘मैले सानै उमेरमा आमा गुमाउनु प¥यो, बुवाहरुको हेरचाहामा हुर्किए, गरिबि र अभाव झेल्दै हुर्किएको मेरो बाल्यकाल त्यो बेला मैले भोगेको विभेदले पनि मलाई विद्रोही बनाएको हो ।,‘उनले सुनाइन्,‘म बच्चा देखि नै विभेदको विरुद्ध आवाज उठाउने गर्दथिए ।’
अन्यायले झन् विद्रोही बनायो
जब बन्दुक बोक्ने निधो गरिन उनी कक्षा ८ मा मात्रै अध्ययन गर्दै थिईन् । आमा वितेपछि दाजुभाई बाहिरै बस्ने दिदीले सानै उमेरमा बिवाह गरेसँगै घरको जिम्मेवारी कलिलो काँधमा बोकेर हिँडेकी उनलाई परिवार भित्रको एउटा घटनाले विद्रोही बनायो । उनले सम्पतिको अगाडी न्यायले पनि बाटो बिराउँछ भन्ने त्यही समय महशुस गरेकी थिईन् । जुन समय आफ्नै फूपूकी छोरीलाई सम्पन्न परिवारको छोराले फकाइफुलाई गरी बलात्कार गरी गर्भवतीसमेत बनाएका थिए । गर्भवती उनको फूपूकी छोरीलाई त्यो परिवारले स्विकार्नुभन्दा पनि भारत पु¥याएको घटनाले जनयुद्धमा होमिनु बाध्य बनाएको उनले विगत स्मरण गर्दै सुनाइन् । ‘मेरो परिवारमा घटेको त्यही घटनाले गर्दा, सामन्त परिवारले दिएको दबाब र अन्यायले गर्दा मैले विद्रोहको बाटो रोजे ,’ उनले विगत सुनाउदै भनिन्,‘हामी विपन्न परिवारको त्यो घटना भएपछि उनीहरुले कुट्ने पिट्ने आवाजहरु दबाउन खोज्ने गरेपछि न्यायको लागि मैले बन्दुक बोकेकी थिए ।’ जनयुद्धताका माओवादीले उठाएका परिवर्तनका कुराहरुले पनि प्रभावित भएर आफ्नो जीवनको उर्जाशिल समय सोही पार्टी र देशका लागि सुम्पिदिएको उनले बताइन् ।
मर्छु भन्ने पनि लाग्थ्यो
सशस्त्रद्धन्द्ध चर्किदै जाँदा भोली जिवित भएर फर्किउला भन्ने कहिलेकाँही उनले आश नमारेको पनि होइनन् । तर, देश र जनताका लगि परिवर्तनको मार्ग खोजेर हिँडेकी उनलाई परिवारको दर्बिलो साथले पनि अहिले यहाँ सम्म आइपुगेको उनी सुनाउछिन् । तत्कालिन समय हिँड्दै जाँदा कतै राज्य पक्ष र आफूहरुको जम्का भेट पो हुने हो की भन्ने भयले नसताएको पनि होइन् । आफ्नै अगाडी साथीहरुले देह त्याग गर्दै गर्दा आफूलाई पनि बाँचिएला र ? भन्ने प्रश्नहरुले मनमा डेरा नजमाएको पनि होइन् । तर, सानै उमेरमा आमा गुमाएर गुमाउनुको पिडाको अनुभुती गरिसकेकी उनी कहिल्यै पनि विचल्लित नभई युद्धको मैदानमा होमिएको उनले बताइन् ।
‘कहिलेकाँही मरिन्छकी भन्ने भय त हुन्थ्यो नि, ’हाँस्दै उनी सुनाउछिन्,‘तर, सानैमा सबै कुराको भागाइले पनि होला मलाई हिम्मत हार्नु छुट थिएन ।’
एक दिन सांसद हुन्छु भन्ने थियो
तपाईलाई सांसद हुन्छु भन्ने लागेको थियो ? भन्ने हाम्रो प्रश्नमा उनले हाँसदै जवाफ दिईन् ,‘राजनीति गर्दै जाँदा एकदिन सांसद हुन्छु भन्ने लागेको थियो ।’ त्यसो पहिलो संविधनसभाको निर्वाचनदेखि ०७०, ०७४ को निर्वाचन ताका समानुपातिकमा नाम सिफारिस नभएको पनि होइन् । तर, ०६४ मा भने उनको उमेर नपुगेकाले भने पछि पर्नु परेको उनी सुनाउछिन् ।
‘ पहिलो संविधनसभाको निर्वाचनमा मेरो नाम सिफारिस भएको थियो, त्यो समय मेरो उमेर नपुगेकाले ब्याक हुन परेको थियो, पछि पनि त्यस्तै भयो अवसर पाएको थिइन्,‘ उनले भनिन्,’तेश्रो पटकमा भने मैले अवसर पाएकी छु ।’
शिक्षा स्वास्थ्य नै मुल एजेण्डा हो
आफूले सुरु गरेको राजनीतिक पृष्ठभूमीमा नै टेकेर काम गर्नेमा उनले जोड दिएकी छिन् । अल्पसंख्यक, आदिवासी, दलित र विपन्नको हितका लागि भनेर युद्धको भूमीमा होमिएको बताउने उनी पिछडएको वर्गको शिक्षा, स्वास्थ्य नै अबको मूल एजेण्डा रहेको उनको भनाई थियो ।
‘मैले विछडीएको वर्गको मुद्दालाई टेकेर यो राजनीतिमा होमिएकी हुँ, त्यसैले जुन धरातलमा टेकेर राजनीतिक गरेकी छु त्यही अनुसार मेरो काम हुनेछ ।’उनले भनिन्,‘मेरो मुख्य एजेण्डा शिक्षा, स्वास्थ्य नै रहन्छ ।’
च्भउथिँयचधबचम