विराटनगर–१५ को ३ नम्बर गेटमा भन्सार कार्यालयका कर्मचारीमाथि आक्रमण गर्ने पक्राउ

<span class='c1'>विराटनगर–१५ को ३ नम्बर गेटमा भन्सार</span> <span class='c2'>कार्यालयका कर्मचारीमाथि आक्रमण गर्ने पक्राउ</span>

विराटनगर । विराटनगर–१५ स्थित विराटनगर भन्सार कार्यालयको ३ नम्बर गेटमा गत शुक्रबार तस्करीका सामान नियन्त्रणमा लिने क्रममा भन्सारका कर्मचारीमाथि हुलहुज्जत गर्नेमध्येका एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।

तत्कालको समयमा भन्सार कार्यालयका कर्मचारीमाथि जाईलाग्ने मध्येका विराटनगर–१७ का २९ वर्षीय मोहमद सदाम मियाँलाई प्रहरीले पक्राउ गरेर भन्सार कार्यालय रानीमा बुझाएको हो ।

भारतबाट अवैध भन्सार छलिका सामान नेपालतर्फ पैठारी गरेको सूचनाको आधारमा विराटनगर मूल भन्सार कार्यालयबाट खटिएका कर्मचारीहरूमाथि अवैध भन्सार छलिका सामान पैठारी गर्ने ब्यक्तिहरूले शुक्रबार राती ११ बजे आक्रमण प्रयास गरेका थिए ।

अवैध सामान नियन्त्रणमा लिने क्रममा हुलहुज्जत गरी सामान र सवारी साधन भगाएका उनीहरुलाई सिसी टिभी फुटेजका आधारमा को १ च २२३५ को सवारी साधन र मियाँलाई पक्राउ गरिएको हो ।

प्रहरीले मियाँ र सवारीलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि मूल भन्सार कार्यालय रानी विराटनगरमा बुझाईएको मोरङ प्रहरीका प्रहरी नायव उपरीक्षक दिपक श्रेष्ठले जानकारी दिएका छन् ।

भारत दशगजा क्षेत्र भित्र लुकाई छिपाई राखेको १ लाख ५० हजार बराबरको अवैध सामान प्रहरीको समन्वयमा सशस्त्र सिमा सुरक्षा बल (भारत) बाट बरामद गरी नियन्त्रणमा लिएको र उक्त घटना सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्