काँग्रेस संसदीय दलमा विराटनगरका तीनसहित पाँचको चर्चा

काँग्रेस संसदीय दलमा विराटनगरका तीनसहित पाँचको चर्चा

सुजता लिम्बू
विराटनगर । प्रदेश १ मा दोस्रो ठूलो दल नेपाली काँग्रेसमा संसदीय दलको नताहुँदै मुख्यमन्त्रीको बाटो पकड्ने प्रतिस्पर्धा सुरु भएको छ । मसिर ४ गते सम्पन्न प्रतिनिधि र प्रदेशसभा निर्वाचनको समानुपातिकतर्फको अन्तिम नामावली सिफारिस भएसँगै काँग्रेसमा बहुमत नपुगेपनि अन्य पार्टीको आसको मुख्यमन्त्री दौड सुरु भएको हो ।

प्रत्यक्षमा १७ र समानुपातिकमा १२ गरेर २९ जना सांसद जितेको काँग्रेसमा संसदीइ दलको नेताका लागि विराटनगरका तीनजना प्रतिस्प्रर्धी देखिएका छन् । काँग्रेसका केन्द्रीय सदस्य तथा मोरङका पूर्वसभापति अमृत अर्याल, विराटनगरका पूर्व मेयर भीम पराजुली र आन्तरिक मामिला तथा कानुन मन्त्री समेत रहेका काँग्रेसका नेता केदार कार्की छन् । त्यस बाहेक काँग्रेस प्रदेश सभापति एवं झापाका पूर्व जिल्ला सभापति उद्धव थापा र उदयपुरका हिमाल कार्की समेत मुख्यमन्त्री दौडमा देखिन्छन् । जसले बहुमत जुटाउछ उनै संसदीय दलको नेता बन्ने प्रदेश १ को मुख्यमन्त्री बन्ने संभावनालाई क्याच गर्ने दौडमा चारजना रहेका हुन् ।

को–को आकांक्षी, कसको लाइन ?
अघिल्लो प्रदेशसभामा कोइराला पक्षबाट राजिव कोइराला दलका नेता बनेका थिए । यो पटक संसदीय दलको नेतामा पाँचजना आकांक्षी रहेका देखिएका छन् । नेपाली काँग्रेसका प्रदेश १ सभापति झापाका उद्धब थापा, केन्द्रीय सदस्य मोरङका अमृत अर्याल, उदयपुरका नेता हिमाल कार्की, मोरङकै काँग्रेस नेता केदार कार्की र भीम पराजुली संसदीय दलको नेता बन्ने दौडमा छन् ।
हिमाल कार्की हालका प्रदेश १ को भौतिक पूर्वाधार विकास मन्त्री हुन् । उनी मन्त्री हुनुअघि दलका उपनेता थिए । उनी संस्थापक पक्षका हुन । भने कोइराला पक्षबाट दलको नेता बन्ने दौडमा रहेका केदार कार्की हालका प्रदेश १ को आन्तरिक मामिला तथा कानूनमन्त्री हुन् । उनी मन्त्री हुनुअघि संसदीय दलका प्रमुख सचेतक थिए । यस्तै थापा र अर्याल पनि संस्थापक पक्षका हुन् । यस्तै भीम पराजुली कृष्ण सिटौला पक्षका हुन् । उनी विराटनगर महानगरपालिकाका पूर्व नगरप्रमुख हुन् ।

कसलाई कसको साथ ?
यदि भागबण्डामा सहमति भए मोरङ क्षेत्रनम्बर ६ बाट निर्वाचित अमृत अर्याललाई संसदीय दलको नेता बनाउन शेखर कोइराला तयार रहने काँग्रेसकै नेताहरु बताउछन् ।
यता, देउवा पक्षकै रहेका मोरङका नेताहरु रमेशजङ्ग रायमाझी र डिला संग्रौलाहरुले अर्याललाई दलको नेता बनाउन अवरोध गर्दै उद्धब थापालाई दलको नेता बनाउनेमा जोड दिइरहेका छन् । थापालाई भने आफ्ना पक्षकाले भन्दा पनि देउवापक्षका नेताहरुले समर्थन जनाइरहेको देखिन्छ । यता हिमाल कार्कीलाई पनि दलको नेता बन्नबाट रोक्न मन्त्री बनाउन शर्तमा ब्याग गराउन नेताहरु लागिरहेका छन् । भने, भीम पराजुलीलाई पनि मन्त्री बनाउने शर्तमा मनाउन रोक्न सकिने सिटौला पक्षका नेताहरुको आंकलन छ । यता, कानुनमन्त्री समेत रहेका कार्कीलाई आफ्नै पक्षका नेताहरुले दलको नेता बनाउन त्यति चासो नदेखाएको काँग्रेस नेताकार्यकर्ताहरुको विश्लेष्ण गर्छन् ।

यस्तो छ अवस्था
पछिल्लो मतपरिणाम अनुसार प्रत्यक्ष र समानुपातिक तर्फ हेर्दा काँग्रेसमा संस्थापन पक्षमा १२ जना रहेको काँग्रेस स्रोतले दिएको जनाएको छ । अमृत अर्याल, हिमाल कार्की, सदानन्द मण्डल, इसाइल मन्सुरी, खगेनसिंह हाङ्गाम, प्रदिपकुमार सुनुवार, गोल्मा तामाङ, लीलाकुमारी राई, मैया श्रेष्ठ, सुनिता गच्छदार, सुनिताकुमारी गुरुङ र ममता मगर तामाङ गरी १२ जना संस्थापन पक्षमा रहेको काँग्रेसका एक नेताले जानकारी दिए । उनका अनुसार संस्थापन इतर अर्थात् कोइराला पक्षमा केदार कार्की, शमशेर राई, रामकुमार खत्री, इन्दीरा थापा, विनोद राई, मानबहादुर लिम्बू, गोविन्द गिरी र गयानन्द मण्डल गरी ८ जना रहेका छन् । यस्तै सिटौला पक्षमा उद्धब थापा, भीम पराजुली, भूमिप्रसाद राजवंशी, भुपेन्द्र राई, खगेश्वरी पौडेल, मोहन महर्जन, शोभा चेम्जोङ पालुङ्वा, लेखीकुमारी गणेश र गोपाल तामाङ गरी ९ जना रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्