प्रदेश १ : सरकार बनाउन दलहरु दौडधुपमा, सरकारको साँचो जसपासँग

प्रदेश १ : सरकार बनाउन दलहरु दौडधुपमा, सरकारको साँचो जसपासँग

विराटनगर । मंसिर ४ गते सम्पन्न प्रतिनिधि र प्रदेशसभा निर्वाचनको समानुपातिक तर्फको मत परिणाम आएसँगै यतिबेला प्रदेश १ मा सरकार बनाउन दलहरु दौडधुपमा छन् ।

प्रदेश १ मा कुनै पनि दलले बुहमत ल्याएको छैन । त्यसो हुँदा सरकार बनाउन यतिबेला सत्तापक्ष र प्रतिपक्ष दल अर्थात एमाले ्सांसदहरुको जोडघटाउ तर्फ लागि परेका छन् । प्रदेश १ मा ठूलो दल नेकपा एमाले बनेका छन् , दोश्रोमा नेपाली काँग्रेस छ । भने, तेश्रोमा मओवादी बनेको छ, चौथोमा राप्रापा, पाँचौमा एकीकृत र छैटौ स्थानमा जसपा रहेको छ ।

त्यसो त यता प्रदेश १ का आर्थिक मालिमा तथा योजनामन्त्री ईन्द्रबहादुर आङ्बोले गठबन्धनकै सरकार बन्ने दाबी गर्दै आइरहेका छन् ।
मन्त्री आङ्बोले निर्वाचनअघि भएका गठबन्धनका केही दलसँग प्रदेश १ मा गठबन्धनको सरकार बनाउने दाबी गर्दै उनले यसमा केन्द्रीय भागबन्डाले अर्थ राख्ने बताउछन् । उनले प्रदेश १ मा भने राप्रपा र जसपासँग सरकारबारे छलफलमा रहेको समेत बताए ।

सरकारको साँचो जसपासँग

प्रत्यक्षमा शुन्य रहेको जसपाले एकजना समानुपातिक संसद पाएको छ । प्रदेश १ मा सत्तापक्ष र विपक्ष दुवैसँग बहुमत नभएकाले सरकार गठन गर्नका लागि मुख्य साँचो जसपाका एकजना सांसदको हातमा छ । संघमा प्रधानमन्त्री शेरबहादुर देउवाले एमालेसँगको चुनावी गठबन्धनसँगै मन्त्रीबाट पदमुक्त गरे प िन यता, प्रदेश १ मा भने हालसम्म पनि पदबाट हटाइएको छैन । जसपाबाट स्वास्थ्यमन्त्री रहेका जयराम यादवलाई प्रदेश सरकारले कुनै खाल्को कार्वाही वा नचिड््याएको कारण पनि जसपाले प्रदेश १ सरकारलाई समर्थन गर्न सक्ने नेताहरुको आंकलन छ । मन्त्री यादव नेपाली काँग्रेसका नेता अमृत अर्यालसँग पराजित भएका छन् । यादव अहिल पनि बाहालवाला मन्त्री नै छन् । यतिबेला सरकार गठबन्धनका लाग सत्ता पक्ष र विपक्ष दलका नेताह राप्रपा र जसपाका नेता फकाउने दौडमा छन् । त्यसो त संघमा सरकारको समीकरण कस्तो बन्छ त्यही समीकरण प्रदेशमा बन्ने भएकाले पनि प्रदेश सरकार कसको बन्ने हो भन्ने अझै अन्योल नै रहेको छ ।

एमालेले प्रदेश १ मा समानुपातिक र प्रत्यक्षमै धेरै सीट जितेको छ । समानुपातिकतर्फ एमालेले १५ सीट जितेको छ भने कांग्रेसले १२, राप्रपा र माओवादी केन्द्रले ४-४ तथा जसपा र नेकपा एकीकृत समाजवादीले समानुपातिकतर्फ १-१ सीट जितेका छन् ।

प्रत्यक्षतर्फ एमालेले २५, कांग्रेसले १७, माओवादी केन्द्रले ९, नेकपा एकीकृत समाजवादीले ३ र राप्रपाले २ सीट जितेका छन् । समानुपातिक तथा प्रत्यक्ष दुवै जोडेर एमालेले ४० सीट जितेको छ । एमालेलाई सरकार बनाउन अब ७ सीट आवश्यक हुन्छ । राप्रपाको ६ सीट रहेको छ ।
प्रदेश १ सरकार बनाउन जसपा र राप्रपा निणर्ायक छन् । १ सीट प्राप्त गरेको जसपा सबैभन्दा निणर्ायक छ । सत्ता गठबन्धनमा रहेका नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीले ४६ सीट प्राप्त गरेका छन् । त्यस्तै विपक्षी गठबन्धन एमाले राप्रपा र जसपाको ४७ सीट पुग्छ ।

राप्रपाले एमालेलाई सघाए १ सीट अपुग हुने देखिन्छ । यस्तै नेपाली कांग्रेसले २९, माओवादी केन्द्रले १३, एकीकृत समाजवादी पार्टीले ४ सीट जितेका छन् । उनीहरूको ४६ सीट हुन्छ ।

जसपाले १ सीट जितेको छ । त्यो एक सीट जता हुन्छ, त्यतै बहुमत पुग्छ ।

प्रदेश १ मा जसपा पनि सत्ता गठबन्धनमै रहेको छ । संघीय सरकारमा शेरबहादुर देउवाले जसपाबाट मन्त्री बनेकाहरूलाई पदमुक्त गरे पनि प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले भने स्वास्थ्य मन्त्री रहेका जयराम यादवलाई हटाएनन् । चुनावमा पराजय भोगे पनि मन्त्री यादव सत्तामै छन् ।
अहिले दुवै दलका गठबन्धनका नेताले राप्रपा र जसपाका नेता फकाइरहेका छन् । संघमा कस्तो समीकरण बन्छ त्यही समीकरण प्रदेशमा बन्ने भएकाले प्रदेश सरकार कसको बन्ने भन्ने अन्योल कायम छ ।

उपेन्द्रको बोली असोकले कोल्ट्यायो

केही दिन अगाडी जसपा अध्यक्ष उपेन्द्र यादवले पत्रकासरसँगको कुराकानीमा एमालेसँगको सहकार्य सकिएको बताएका थिए । त्यो, समय सत्ता गठबन्धनलाई केही राहत मिलेको भए पनि उनको त्यो बोलीलाई जसपाका संघीय परिषद अध्यक्ष तथा सुनसरी क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य अशोक राईले कोल्ट्याएसँगै सत्ता गठबन्धनलाई झट्का लागेका छ । यता, एमालेलाई केही राहत मिलेको छ । राईले केही दिन अगाडी पत्रकारसँगको कुराकानीमा नै यादवको भनाई व्यक्तिगत भएको बताएका थिए ।

यस्तो छ प्रत्यक्ष र समानुपातिकमा दलहरुको अवस्था

प्रदेश १ मा प्रत्यक्षमा ५६ वटामा उम्मेदवारी दिएको एमालेले २५ वटा सिटमा जितेको छ । समानुपातिकमा पनि १५ सिट जितेको छ। प्रदेश १ मा एमालेको ४० सिट हुनेछ। यस्तै नेपाली काँग्रेसले प्रत्यक्षमा १७ सिट जित्दा समानुपातिकमा १२ सिट ल्यायो। प्रदेश १ मा प्रत्यक्ष र समानुपातिक गरी २९ सिट प्राप्त गर्दै नेपाली काँग्रेस दोस्रो ठूलो दल बनेको छ।

यता नेकपा (माओवादी केन्द्र)ले प्रत्यक्षमा ९ सिट जित्दा समानुपातिकमा ४ सिट मात्रै जितेको छ। प्रत्यक्ष र समानुपातिक गरी माओवादीले प्रदेश १ मा १३ सिट पाई तेस्रो पार्टी बनेको छ। राप्रपाले प्रत्यक्षमा २ सिट जित्दा समानुपातिकमा ४ सिट जितेको छ। अघिल्लो निर्वाचनमा १ जना मात्रै सांसदले प्रतिनिधित्व गरेको राप्रपाले यो पटक भने ६ जनाले प्रदेशसभामा प्रतिनिधित्व गर्नेछन्। अघिल्लो निर्वाचनमा प्रत्यक्षबाट १ जना र समानुपातिकबाट २ जनाले प्रतिनिधित्व गरेको जनता समाजवादी पार्टी भने यो निर्वाचनमा खुम्चिएको छ। जसपाको प्रत्यक्षमा शून्य छ। जसपाले समानुपातिकमा भने १ सिट पाएको छ।
एमाले विभाजन भई बनेको समाजवादीले प्रत्यक्षमा ३ सिट जितेको छ भने समानुपातिकमा १ सिट पाएको छ।

योसँगै ९३ सदस्यीय प्रदेशसभामा एमालेको ४०, काँग्रेसको २९, माओवादीको १३, राप्रपाको ६, नेकपा समाजवादीको ४ र जसपाको १ सिट हुने भएको छ। प्रदेश १ सरकार बनाउन आवश्यक ४७ सिट कुनै दलसँग छैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्