अस्पताल स्थापनाले मुलुकमा स्वास्थ्य तथा आर्थिक क्षेत्रमा योगदान हुन्छ : प्रदेश प्रमुख खापुङ

<span class='c1'>अस्पताल स्थापनाले मुलुकमा स्वास्थ्य तथा आर्थिक क्षेत्रमा</span> <span class='c2'>योगदान हुन्छ : प्रदेश प्रमुख खापुङ</span>

विराटनगर । प्रदेश १ का प्रदेश प्रमुख परशुराम खापुङले अस्पताल स्थापनाले मुलुकमा स्वास्थय तथा आर्थिक क्षेत्रमा योगदान हुने बताएका छन् ।

विराटनगर-१४ रानीस्थीत हाजी आँखा अस्पतालको समुद्घाटन कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् ।

हाजी आँखा अस्पतालले नेपाल तथा भारतको विहार प्रान्तका धेरै सेवाग्राहीहरु लाभाविन्त बन्ने कुराले आफू हर्षित भएको प्रदेश प्रमुखले बताए ।
यस्तै प्रदेश सरकारका स्वास्थ्य मन्त्री जयराम यादवले विराटनगरमा खोलिएका यस्ता अस्पतालको सेवाग्राही भारतमा पनि धेरै भएका तर नोट सटहीको उचित व्यवस्थापन नहुँदा समस्या पर्ने भएकाले यस्ता समस्यालाई सुल्झाउनमा पहल गरिनुपर्ने बताए ।

नवनिर्वाचित प्रदेश सांसद गयानन्द मण्डलले हाजीको धेरै गहिरो अर्थ रहेको र यसै नामबाट आँखा अस्पताल खोलिएकोले आफ्नो कर्तव्यमा सदैव तैनाथ रहनुपर्नेमा जोड दिए ।

नेपाल पत्रकार महासंघ, मोरङका अध्यक्ष संजिव खनालले अस्पताल सेवामुखी हुने तर संख्या बढ्दै जाँदा व्यापारमुखी हुनसक्ने कुरालाई औंल्याउँदै यस्ता कुरामा सचेत रहन जोड दिए ।

कार्यक्रममा सञ्चालक तेजलाल कर्ण, महेश रेग्मी, भीमप्रसाद घिमिरे तथा हाजी कादिर अन्सारीले पनि आफ्ना धारणा राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्