विराट एक्स्पो : विराटनगरमा सटल बस सेवा, स्थानीय परिकार खान पाईने

<span class='c1'>विराट एक्स्पो : विराटनगरमा सटल बस</span> <span class='c2'>सेवा, स्थानीय परिकार खान पाईने</span>

विराटनगर । विराटनगरमा मंसिर २९ गतेदेखि आयोजना हुने विराट एक्स्पोमा सटल बस सेवाका साथै स्थानीय विभिन्न खानाका परिकारको मज्जा लिन पाइने भएाको छ ।

विराटनगर–१४ स्थित डिग्री कलेजको मैदानमा मंसिर २९ गतेदेखि पुस ६ सम्म सञ्चालन हुने विराट एक्स्पोमा आउनेहरूलाई लक्षित गरी सटल बस (निःशुल्क)सेवा सञ्चालनमा ल्याइने भएको हो ।

एक्स्पो अवलोकनगर्न आउनेहरूलाई लक्षित गरी सातै दिन अर्थात् एक्स्पोको समयसम्म सटल बसले सेवा दिने आयोजक समितिले जनाएको छ । विराटनगर महानगरपालिकाका विभिन्न १४ स्थानबाट निःशुल्क सटल बस सेवा सञ्चालनमा ल्याइने भएको हो । विराटनगरमा आयोजना हुने एक्स्पोलाई विगतमा भन्दा फरक र आकर्षक बनाउन विभिन्न नयाँ योजनाहरू ल्याइएका छन् ।

निःशुल्क सटल बस सेवा सञ्चालनले एक्स्पोमा अवलोकनकर्ताहरूलाई आकर्षित गर्ने आयोजकले विश्वास लिएको छ । एक्स्पोमा सहभागी हुन देशका विभिन्न स्थान र छिमेकी देशको जिल्लाबाट आउने आगन्तुकहरूलाई लक्षित गरी विराटनगरका होटलहरूलेसमेत छुटको व्यवस्था गर्ने भएका छन् । आयोजक समितिले होटल एशोसिएसन नेपाल प्रदेश १ सँग सहकार्य गरी विराटनगरका साना तथा ठूला सबै होटलमा विशेष छुट र एक्स्पो अवधिभर डिस्काउण्टसहितको विराट एक्स्पो २०७९ को छुट्टै मेन्यू राख्ने व्यवस्था गरिएको छ ।

त्यसैगरी, एक्पोमा स्थानीय परिकारहरूको व्यवसायीक रुपान्तरण गर्ने लक्ष्यकासाथ तयारी गरिएको छ । स्थानीय परिकारको व्यवसायीक रुपान्तरणले समग्र खाद्य प्रशोधन र उत्पादनको श्रृंखलालाई चलाएमान बनाउने जनाइएको छ ।

एक्स्पोमा उदयपुरको केराको परिकारदेखि मोरङ कटहरीको च्याउको परिकार, घुँगी, सेलरोटी, थकाली खानालगायतका परिकारका स्टलहरू राखिने भएका छन् । स्थानीय परिकारका स्टलहरूले एक्स्पोमा आगन्तुकहरूलाई आकर्षण गर्ने कृषि विकास मन्त्रालय प्रदेश १ ले जनाएको छ । कृषि विकास मन्त्रालय प्रदेश १ की खाद्य अनुसन्धान अधिकृत विमला पोखरेलले स्थानीय खानाका परिकारलाई व्यवसायीकरकण गर्ने उद्देश्यले मन्त्रालयको सहयोगमा खानाका विभिन्न स्टलहरू राखिएको बताएकी छन् ।

उनले स्थानीय खानाका परिकारहरूलाई परिस्कृत रुपमा मेलामा राखिने हुनाले नयाँ स्वादका कारण उपभोक्ता आकर्षित हुने बताएकी हुन् । पोखरेलले मन्त्रालयले स्टल भाडामा लिएर किसानहरूलाई स्थानीय स्तरका परिकारहरूको प्रवद्र्धनका लागि उपलब्ध गराएको जानकारी दिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्