विराटनगर तीनपैनीको नाङलो पुनः सञ्चालनमा आयो, आगोको रापमा सपना जल्न दिइन

विराटनगर तीनपैनीको नाङलो पुनः सञ्चालनमा आयो, आगोको रापमा सपना जल्न दिइन

विराटनगर । गत असार ३० गते बिहीबार उनी सम्झन त चहाँदैनन् । तर, पनि गफिदै जाँदा गफको सुरुवात त्यहिंबाट हुन्छ । त्यो समय उनको नाङ्लो रेष्टुरेन्ट क्षणभरमै आगलागी भएको थियो । करिब दुई वर्ष कोभिड महामारी छलेर एउटा लयमा हिडाउँदै गरेको रोष्टुरेन्टमा क्षणभरमा दन्केको आगोसँगै उनका केही सपना पनि खरानी बनेको थियो ।

तर, जीवनका आरोह,अवरोहहरुमा धेरै संघर्षको जंगार तर्दै आएका विराटनगर–२ का ईश्वर बाँसकोटाले ‘नाङलो’ लाई पुनः सञ्चालनमा ल्याएका छन् । उनले सोमबारबाट सञ्चालनमा ल्याएका हुन् । तीन वर्ष अगाडी उनले सामान्य खाजाघरको रुपमा सञ्चालनमा ल्याएको फास्टफुड अहिले भारतको जोगबनी, विराटनगरको तीनपैनी र एर्यपोर्टमा सञ्चालन भइरहेको छ । नेपालीपन र विराटनगरमा फरक तरिकाले प्रस्तुत हुन बाँसबाट निर्माण भएको नाङलोले रेष्टुरेन्टलाई सम्झाएका छन उनले ।

विशेष साहाकारीको परिपाकारलाई प्राथमिकतामा राखेर सञ्चालनमा ल्याएका १२ वटा म.म.का परिकार उपलब्ध हुने उनले सुनाए । ‘मैले थोरै रकमले सानो खाजाघर खोलेको अहिले जोगवनी र विराटनगरको तीन स्थानमा यसको शाखा पनि छ,’उनले भने,‘मैले भेज आइटम मात्रै राखेको छु, मेरोमा १२ आइटमको भेज म.म., पनिर आइटमहरु पाइन्छ ।’
आगोको रापमा सपना जल्न दिइन

यत्रो नोकसानमा पनि कसरी अगाडी बढ्ने हौसला जाग्यो ? यो प्रश्नमा उनी मुस्कुराउदै भन्छन्,‘मैले बल्दै गरेको आगोसँगै अब म कसरी मुभ अन हुने भन्ने बारे सोँचे ।’ उनले पसल जल्दै गर्दा आपत्कालिन अवस्थामा सहयोगका लागि कुनै इन्सुरेन्स पनि गरेका थिएनन् । तर, परिवार, साथीभाईहरुको साथ, हौसला र आफू भित्रको आत्मबलले पनि दुखः सँगै अगाढी बढ्न प्रेरित भएको उनी सुनाउछन् ।

पछिल्लो समय हरेक युवाहरुको प्रमुख गन्तव्य समुन्द्र पारीको देश बन्दै गर्दा पैसा कमाउनका लागि पसिना बेच्न अर्काको देश जाननपर्ने उदाहरणको रुपमा बास्कोटालाई लिन सकिन्छ । मेहेनत गर्न सके नेपालमै मनग्य आम्दानी हुने बताउने उनी कहिलेकाहीँ परदेशीने रहर नजागेको पनि होइन् । तर, नेपालमा नै केही गर्ने सोँचले नाङलो सञ्चालनमा ल्याएका उनले यसैमा भविष्य खोजिरहेका छन् । गफैगफमा उनले म.म स्पेशल सँगै नाङ्लोमा थकाली समेत सञ्चालनमा ल्याउने योजना रहेको सुनाए । ‘काम गर्न सके नेपालमा धेरै छ आम्दानीको श्रोत ग्राहकलाई नयाँ दिन सक्नुपर्छ । प्रसा कमाउन विदेश जानुपर्दैन,’उनी सुनाउछन्,‘अब चाँडै भेज आइटममा नै थकाली पनि सञ्चालनमा ल्याउदै छु । ’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्