सहमतिमा दलको नेता छान्छौं : हिक्मत कार्की

सहमतिमा दलको नेता छान्छौं : हिक्मत कार्की

मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको सम्पूर्ण मत परिणाम आएसँगै यतिबेला प्रदेश १ मा सरकार गठन गर्ने विषयमा दलका नेताहरु छलफल र बहसमा छन् । प्रदेश १ मा पछिल्लो मत परिणाम अनुसार प्रत्यक्ष र समानुपातिक दुवै तर्फ एमाले ठूलो दल बनेको छ । तर, पनि बहुमत भने छैन । यता, सत्ता गठबन्धनसँग पनि बहुमत छैन । यस्तो परिस्थितिमा एमालेले निर्वाचनमा तालमेल गरेको दल जसपा र राप्रपाको साथ लिएर सरकार बनाउन सक्ने स्थिति छ । त्यसो हुँदा प्रदेश १ मा एमालेले सरकार गठनको तयारी कसरी गरिरहेको छ ? साथै संसदीय दलको निर्वाचन वा नेतृत्व चयनको तयारी कसरी भइरहेको छ भन्ने विषयमा रहेर नेकपा एमालेका नेता एवम् पूर्व आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्कीसँग आवर विराटनगरले गरेको संक्षिप्त कुराकानी

निर्वाचन सम्पन्न भइसक्यो, मतपरिणाम पनि आइसकेको छ पछिल्लो मत परिणाम अनुसार प्रदेश १ मा एमाले ठूलो दल बनेको छ । सरकार बनाउने तयारी कसरी गरिरहनुभएको छ ?
एक नम्बर प्रदेशको सन्दर्भमा प्रत्यक्ष र समानुपातिकमा एमाले ४३ प्रतिशत सिट जितेको छ । हाम्रो निर्वाचनको अपेक्षा एकल बहुमतको थियो । त्यहि अपेक्षासहित चुनावमा उत्रिएका थियौँ । केही नितान्त प्राविधिक कुराले गर्दा हामीले बहुमत प्राप्त गर्न सकेनौँ । यद्यपी हामी सबैभन्दा ठूलो दल भएका छौँ । हामी सरकार गठनका लागि औपचारिक प्रक्रिया प्रदेश प्रमुखले आरम्भ गुर्नहुन्छ । अहिलेसम्मको कानुनी संवैधानिक प्रक्रिया हेर्दा २९ गते राष्ट्रपतिलाई निर्वाचन आयागले सम्पूर्ण विवरण बुझाउछ । त्यसपछि सबै प्रदेश प्रमुखहरुलाई निर्वाचन प्रणाली औपचारिकरुपमा बुझाएपछि त्यसको एकमहिनाभित्र सरकार बनाउनुपर्छ । मलाई लाग्छ यहाँ २ गते बुझाउने कुरा हुँदैछ । त्यसपछि प्रदेश प्रमुखले राजनीतिक परामर्श गरेर सरकार बन्ने धारामध्ये एक्लै बहुमत ल्याएर बहुमतको दलको नेतालाई मुख्यमन्त्री चयन गर्ने अप्सन सकिन्छ । हामीसँग दोस्रो अप्सन भनेको दुईभन्दा बढी दलहरु मिलेर सरकार बनाउन बहुमत पु¥याउनका लागि त्यो आह्वानको समय हुन्छ । त्यसबाट हामी कुनै राजनीतिक पार्टी दुई वा दुईभन्दा बढी दलहरु मिलेर पेस गर्छौ । त्यसपछि सरकारको मुख्यमन्त्री बन्छ र त्यसले तीस दिनभित्र विश्वासको मत लिनुपर्ने कानुनी प्रावधान छ । त्यो बाटो नै हाम्रो लागि पहिलो अप्सन हुन्छ ।
दोस्रो त्यो पहिलो अप्सनामा दुइ वा दुई भन्दा बढी दलहरु मिलेर सरकार बन्ने स्थिति आएन भने त्यसपछि प्रदेश प्रमुखले पहिलो ठूलो दल अर्थात एमालेको दलको नेतालाई मुख्यमन्त्री बनाउनुहुन्छ । त्यसले पनि तीस दिनभित्र विश्वासको मत लिनुपर्ने हुन्छ । अहिले यस्तो अवस्थामा गुर्जिएका छाँै । अब यी मध्ये कुन बाटोमा जान्छ हेराँै । प्रदेशको सरकारको सन्दर्भमा भन्नुपर्दा सत्ता गठबन्धनको बहुमत आएको छैन । तर, पनि काँग्रेसको नेतृत्वमा सरकार बन्छ भन्ने हल्ला छ त्यहि कुरालाई आधार मान्ने हो भने यो प्रदेशमा हामी जसपा, राप्रपा र एमाले मिलेर चुनाव लडेका हौँ । हाम्रो स्पष्ट बहुमत छ । हाम्रो सरकार बन्छ । यसमा कुनै ठूलो समस्या छैन । तर, राष्ट्रिय राजनीतिमा तलमाथि भयो भने, अहिलेको गठबन्धनमा खलबल आयो भने गठबन्धनहरु नयाँ ढंगबाट आयो भने एउटाको नेतृत्वमा गठबन्धन बनेर नयाँ सरकार बन्ने सम्भावना हुन्छ । नेकपा एमाले, माओवादी, एकिकृत समाजवादी जसपा लगायतका मिलेर अर्को गठबन्धन बन्न सक्ने सम्भावना हुन्छ । किनभने कसैसँग बहुमत नभएपछि यो सरकार गठन गर्ने अर्को अप्सन हो । नेपाली काँग्रेसले पाउने सम्भावना न्युन छ । किनभने सबैसँग बहुमत छैन । र अर्को काँग्रेस भित्र नै पनि छलफल चलिरेको छ । एमाले र काँग्रेस मिलेर ५ वर्ष सरकार बनाउन सकिन्छ भनेर तर, दुइ दलिय शिद्धान्तको आवश्यकताको विषयमा कम सम्भावना छ । यद्यपी यो पनि सम्भावना छ । यी सबै अप्सन जे भए पनि प्रदेश १ मा हाम्रो अर्थात एमालेको सरकार बनाउने दाबी छ । यसलाई हामी पुरा गर्छौ

अहिलेसम्म सरकार गठनका लागि कुनकुन दलसँग समन्वय र छलफल भएको छ ?
अहिलेसम्म औपचारिक कुनै पनि दलसँग छलफल भएको छैन । नेपालको संविधान नितान्त नयाँ केन्द्रिकृत भएको राज्यव्यवस्था लामो समय चलेको र अहिलेसम्म संघीयताको अभ्यास केन्द्रको निगरानीमा चलिरहको हुनाले मलाई लाग्छ केन्द्रिय राजनीति कसरी अगाडी बढ्छ । त्यसरी नै यहाँको निर्धारण हुन्छ । यद्यपी हामीले हाम्रो ठाँउबाट औपारिक, अनौपचारिक बधाई दिने शिलशिलामा सबै दलसँग कुरा भएको छ । हामीले राष्ट्रलाई निकास दिन, प्रदेशलाई निकास दिनका लागि प्रदेशलाइ सहजै हिसाबले लग्नका लागि हाम्रो नेतृत्वमा सबै दल आएर सरकारमा बसे हुन्छ । हामी त्यो पनि तयार छौँ , नेपाली काँग्रेस, माओवादी, एकिकृत समाजवादी, जसपा, राप्रपा सबै दललाई आह्वान पनि गर्छु । एकपटक हामीले त्यो अभ्यास पनि गराँै प्रदेशहरलाई बलियो बनाउन अधिकारलाई केन्द्रबाट लिन, प्रदेशलाई बलियो बनाउन आएका छौ भने प्रदेशसभालाई जनताको समक्ष स्थापित बनाउने हाम्रो दायित्व हो । त्यसो हुनाले हामी तयार छौँ । शेयर गराँै निश्चित हिसाबको आधारमा हामी ४३ लिउला नेपाली काँग्रेसले त्यही ढंगले लिएला ।

तपाईले भने जस्तै सम्भव छ त ?
सम्भावना त कम छ । यो अभ्यास कमजोर हुन सक्छ । त्यसैले हामीले यहाँका सबैसँग औपचारिक, अनौपचारिक कुरा गरिसकेका छौँ । त्यसो त यो सेकेन्डरी कुरा हुन् । प्रमुख कुरा राष्ट्रिय राजनीति र राष्ट्रिय राजनीतिको समिकरण कस्तो हुन्छ त्यसले नै निधारण गर्छ ।
एमाले र माओवादी मिलेर सरकारमा जाने भन्ने पनि सुनिन्छ यो कतिको सम्भव छ ?

अहिलेको निर्वाचन परिणामले दिएको सन्देश भनेको एक्लै अगाडी नजाउ भन्ने सन्देश दियो त्यसो हुनाले मिलेरै बनाउनुपर्ने छ । अहिले हेर्ने हो भने नेपाली काँग्रेस माओवादी, एकिकृत समाजवादी एउटा गठबन्धन छ । हाम्रो जसपा, राप्रपासँग चुनावी तालमेल छ । हाम्रो अस्तिको निर्वाचनमा भएको चुनावी तालमेलको पक्षमा इमान्दारीताको पहिलो प्रयास त्यहाँ हुनेछ । त्यो हाम्रो दायित्व पनि हो । मैले सबै दललाई आह्वान गरेको छु । हिजो हामीसँग चुनाव लडेकालाई सँगै लिएर जाने, भएन भने विकल्पको रुपमा अरु कुनै दल लिएर जाउला हामीलाई एउटा मात्रै दल लिँदा पनि पुग्छ । हामीले यो प्रदेशमा सरकार बनाउदा मिलिजुली सरकार बन्छ । हामी नेकपा एमालको नेतृत्वमा सरकार बनाउने प्रयासमा छौँ ।

संसदीय दलको निर्वाचन वा नेतृत्व चयन गर्ने तयारी कस्तो छ ?
१ गते संघको दलले पूर्णता पाउँछ । हाम्रो दलले पूर्णता पाएपछि २ गते यहाँ प्रदेश प्रमुखकोमा दल बुझाए पछि त्यसले प्रदेशसभामा पठाएपछि निर्वाचन आयोग, पार्टीको माध्यमबाट र प्रदेशसभाको माध्यमबाट आएसँगै २ गते पछि हाम्रो दललको औपचारिक बैठक बोलाउछौँ । पार्टीको स्थायी कमिटी सदस्य अहिले निर्वाचित भएमध्ये वरियताको हिसाबले म सिनियर भएकाले मैले समन्वय गर्नुपर्ने हुन्छ । पार्टीसँग समन्वय गरेर यहाँको दलको बैठक बोलाएर छलफल गर्छौ । हामीले विगतको निर्वाचन पनि बेहोरका छाँै । मेरो विश्वास छ अहिले सर्वसम्मतका साथ हाम्रो नेता छान्न सक्ने अवस्थामा छौँ । हाम्रो पार्टी भित्र केन्द्र, प्रदेशसँग सल्लाह गर्छौ, संसदिय दलभित्र पनि हामी घनीभूतरुपमा छलफल गर्छौ र साझा नाम एउटै प्रस्ताव लगेर सहमतिका साथ दलको नेता छान्ने छौँ । त्यो हामी पुषको पहिलो हप्ता तिर सम्पन्न गर्छौ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्