विराट एक्स्पो : स्टार्टअपको छुट्टै पेभिलियन

विराट एक्स्पो  : स्टार्टअपको छुट्टै पेभिलियन

विराटनगर । विराटनगरमा मंसिर २९ गतेदेखि आयोजना हुने विराट एक्स्पोमा एक्स्पोमा छुट्टै स्टार्टअप पेभिलियन राखिने भएको छ ।

विराटनगर–१४ स्थित डिग्री कलेजको मैदानमा मंसिर २९ गतेदेखि पुस ६ सम्म सञ्चालन हुने विराट एक्स्पोमा युवाहरूका लागि व्यवसायिक वातावरण तयार गर्न, व्यवसायिक विकासका सेवा प्रदायकको इकोसिस्टमको प्रदर्शन गरी यस्तो इकोसिस्टम दीगो रुपमा सुदृढ गर्ने उद्देश्यकासाथ एक्स्पोमा छुट्टै पेभिलियन राख्न लागिएको हो । एक्स्पोमा नयाँ आइडिया भएका युवा य्ुवतीहरूलाई आफ्नो आइडिया परीक्षण गर्ने, अवसर प्राप्त हुने आयोजक उद्योग संगठन मोरङका अध्यक्ष सुयस प्याकुरेलले जानकारी दिए

उनले स्टार्ट अप प्रोजेक्ट उद्योग संगठन मोरङले प्रदेश १ मा पहिलो पटक सञ्चालनमा ल्याएका कारण एक्स्पोमा पनि स्टार्टअपको छुट्टै पेभिलिएन बनाउन लागिएको बताए । उद्यमी बन्न चाहने युवाहरूले पेभिलियनमा आफ्नो आइडिया राख्न पाउने छन् । प्याकुरेलका अनुसार स्टार्टअपमा व्यवसाय दर्तादेखि, लेखा राख्ने र व्यवस्थित व्यवसाय कसरी गर्ने भन्नेबारे विज्ञहरूबाट जानकारी दिने व्यवस्था गरिएको छ ।

पेभेलियनमा उद्योग संगठनको स्टार्टअप कार्यक्रमअन्तर्गत दोस्रो व्यचका लागि छनौट गरिएका १७ वटा स्टार्टअप नवप्रवर्तक उद्यमीहरू, विजनेश कोचहरू, विराटनगर महानगरपालिका, प्रदेश उद्योग तथा श्रम रोजगार मन्त्रालयलगायतको सहभागिता हुनेछ । व्यवसायिक आइडिया तथा सोच भएका तर, के गर्ने कसो गर्ने भन्ने ज्ञान नभएका जो कोहीका लागि स्टार्टअप पेभेलियन उपयोगी हुने अध्यक्ष प्याकुरेलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्