विराटनगरका उद्योगी राठीलाई बन्धक बनाउने खत्ताबलाई पक्राउ गर्न विभिन्न नौ संगठनको माग

<span class='c1'>विराटनगरका उद्योगी राठीलाई बन्धक बनाउने खत्ताबलाई</span> <span class='c2'>पक्राउ गर्न विभिन्न नौ संगठनको माग</span>

विराटनगर । विराटनगरका उद्योगी अरुणकुमार राठीलाई अपहरण गरेर बन्धक बनाई रकम असुल्ने व्यक्तिलाई पक्राउ गरेर कानुनी दायरामा ल्याउन एमाले निकट नौवटा भातृ संस्थाले आग्रह गरेका छन् । विराटनगरमा बुधबार पत्रकार सम्मेलनको आयोजना गरी उनीहरुले नेपाल टाइम्सका सञ्चालक अब्दुल खत्ताबलाई तत्काल पक्राउ गर्न माग गरेका हुन् ।

गत मङ्सिर १४ गते घरबाटै ल्याएर विराटनगरका विभिन्न स्थानमा पु¥याई दवावमा १५ लाख रुपैँया असुलेको घटनामा दोषीलाई पक्राउ नगरिएको भन्दै त्यसका विरुद्ध आन्दोलनमा उत्रने समेत चेतावनी दिइएको छ । एमाले निकट राष्ट्रिय युवा संघ नेपाल, विद्यार्थी संगठन, नेपाल खेलकुद महासंघ, महिला संघ, लोकतान्त्रिक आदीवासी जनजाती महासंघ, रिटर्नी फेडेरेशन नेपाल, राष्ट्रिय उद्योग व्यवसायी महासंघ, नेपाल राष्ट्रिय भू.पु. सैनिक तथा प्रहरी संगठन र प्रेस चौतारी नेपालले दोषीलाई पक्राउ गरि कानुनी दायरामा ल्याउन माग गरेका हुन् ।

घटनापछि खत्ताब फरार रहेका छन् । उद्योगी राठीले आफूलाई अपहरण गरेर बन्धक बनाई जर्बरजस्ती १५ लाख असुलेको आरोप लगाउँदै उनी विरुद्ध प्रहरीमा जाहेरी दिएका छन् । प्रहरीले घटनाको यतिका दिन बितिसक्दा समेत पक्राउ नगरेपछि राजनीतिक रुपमा दवाव दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्