विराटनगरमा स्कुल स्तरीय ‘प्याब्सन विराट कप’ फुटबल टुर्नामेन्ट ३० विद्यालयको सहभागी

<span class='c1'>विराटनगरमा स्कुल स्तरीय ‘प्याब्सन विराट कप’</span> <span class='c2'>फुटबल टुर्नामेन्ट ३० विद्यालयको सहभागी</span>

विराटनगर । विराटनगरमा दोस्रो संस्करणको स्कुल स्तरीय ‘प्याब्सन विराट कप’ फुटबल टुर्नामेन्ट हुने भएको छ । प्याब्सन विराटनगरको अयोजनामा पुस १ देखि ८ गतेसम्म विराटनगरस्थित सहिद रङगशालामा प्याब्सन विराट फुटबल टुर्नामेन्ट हुने भएको हो ।

प्याब्सन विराटनगरले बुधबार पत्रकार सम्मेलन गरी प्रतियोगिताको तयारी सुरू गरिएको जानकारी गराएको छ । आठ दिनसम्म संचालन हुने प्रतियोगितामा प्याब्सनमा आवद्ध ३० वटा सदस्य विद्यालयहरूका खेलाडी विद्यार्थीहरूले प्रतियोगितामा भाग लिने कार्यक्रम संयोजक नन्दलाल मण्डलले जानकारी दिए । उक्त टुनामेन्टमा कक्षा १० सम्म अध्ययरत १७ वर्षदेखि मुनिका उमेर समूहका खेलाडी विद्यार्थीहरूले भाग लिनेछन् ।

प्रतियोगिताको बिजेताले २ लाख ५० हजार मुल्य बरावरको सुन र चादी जडित रनिङ्ग शिल्डसहित नगद २५ हजार रूपैयाँ प्राप्त गर्नेछन् । उपबिजेताले नगद १५ हजार रुपैयाँ रहेको छ । प्रतियोगिता सम्पन्न गर्न ७ लाख ६१ हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको प्याब्सन विराटनगरका अध्यक्ष मोहन बुढाथोकीले जानकारी दिए । फुटबल खेलप्रति अभिरुची जगाइ राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी उत्पादन गर्ने दृड संकल्प र विश्वासको साथ प्रतियोगिता गरिएको अध्यक्ष बुढाथाकीले बताए ।
‘फुटबलमा नयाँ आयमको लागि, प्याब्सनको सान र गौरवको लागि प्याब्सन विराट कप’ भन्ने नाराको साथ २०७६ सालदेखि प्याब्सन विराट कप गर्दै आएको प्याब्सन विराटनगरका उपाध्यक्ष अर्जुन श्रेष्ठले बताए ।


प्याब्सनले प्रत्येक वर्ष फुटबल प्रतियोगिता गर्दै आएको उनले बताए । २०७७ र २०७८ सालमा विश्वभरी महामारीको रुपमा फैलिएको कोभिडको कारणले प्याब्सनले फुटबल प्रतियोगिता गर्न सकेको थिएन् । अहिले सहज भएपछि फुटबल प्रतियोगिताको तयारी सुरू गरेको हो ।
यस पटक हुन लागेको फुटबल नकआउटको आधारमा खेल खेलाइने बताइएको छ ।
पत्रकार सम्मेलन प्याब्सन मोरङका प्रमुख सल्लहकार तथा पुर्व अध्यक्ष इन्द्र राई, मोरङ प्याब्सनका कोषाध्यक्ष बिष्णु डंगोल, नेपाल पत्रकार महासंघ मोरङका अध्यक्ष संजीव खनाललगायतको उपस्थीति रहेको थियो भने कार्यक्रम संचालन प्याब्सन विराटनगरका सचिब असोक लामाले गरेका थिए ।`

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्