‘विराट एक्स्पो २०७९’ को सम्पुर्ण तयारी पुरा, भोली स्वप्न सुमन आउने

‘विराट एक्स्पो २०७९’ को सम्पुर्ण तयारी पुरा, भोली स्वप्न सुमन आउने

विराटनगर । विराटनगर १४ स्थित डिग्री क्याम्पस परिसरको खेल मैदानमा आगामी भोली २९ गतेदेखी हुन लागेको सातौं विराट एक्स्पो २०७९ को सम्पुर्ण तयारी पुरा भएको छ ।

उद्योग संगठन मोरङको आयोजनामा हुन लागेको एक्स्पोको भित्री र बाहिर कामहरु प्राविधीक टोलीहरुले स्टल राख्ने ठाँउदेखी मंच र गेमिङ जोनहरु जडान गर्ने कार्यहरु सकिएको छ ।
विगतको बर्षमा विराटनगर २ स्थित विराट नर्सिङ होम पुर्व लाग्दै आएको कृर्षि मेला यसपटक भने विराटनगर–१४ को स्नातकोत्तर क्याम्पस परिसरमा रहेको पुरानो हवाई फिल्डमा भोलीबाट हुदैछ ।

एक साता सम्म हुने कृर्षी तथा औद्योगिक अन्तराष्ट्रिय प्रदर्शनीमा पर्यटन, लगानी, श्रम रोजगार तथा सीप र स्टार्टअपका चारवटा पेभिलियनमा ५२ स्टल रहने जनाइएको छ ।
यसैगरी अ‍ेौद्योगिक (कन्जुमर प्रोडक्ट) का चारवटा डोममा ७५ स्टल रहनेछन् । जसमध्ये ४० वटा स्टल विराट व्यापार संघद्वारा प्रर्वद्धित हुनेछन् ।

प्रदर्शनी स्थलमा तीनवटा डोममा कृषि तथा साना घरेलु एवं सूचनामूलक सामाग्री राखिने भएको छ । करिब दुईलाख अवलोकनकर्ता भित्राउने लक्ष्य राखिएको प्रदर्शनीमा भारत, बंगलादेश र पाकिस्तानका मिल मेशिनरी, अन्य उत्पादन र छालाजन्य उत्पादन, बंगलादेशको गार्मेन्ट्स तथा भारतबाट हेल्थ किचेनका आईटमहरुको समेत स्टलहरु राखिने भएको छ ।

यस पटकको प्रदर्शनीमा आउने सहभागीहरुलाई निःशुल्क यातायात सेवाको सुविधा समेत उपलब्ध गराइएको छ । विराटनगर–१४ स्थित प्रदर्शनीस्थलमा आउने र घरसम्म पुग्नका लागि सातवटा सटल बसमार्फत सेवा उपलब्ध गराउने तयारी गरिएको छ ।

विराट एक्स्पोको राष्ट्रपति विद्यादेवी भण्डारीले उघाद्घटन गर्ने कार्यक्रमको सुरक्षा व्यावस्थापनदेखी एक्स्पोको आन्तरिक तयारीका कार्य सबै तयारी भएको उद्योग संघठन मोरङका अध्यक्ष सुयस प्याकुरेलले बताउनुभयो । भोलीको सांगितीक कार्यक्रममा युवा रोजाईमा परेका गायक स्वप्न सुमनले आफ्नो प्रस्तुति दिने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्