विराटनगरको उपमेयरद्वारा उद्यमशीलता विकास तालिमको अनुगमन

<span class='c1'>विराटनगरको उपमेयरद्वारा उद्यमशीलता</span> <span class='c2'>विकास तालिमको अनुगमन</span>

विराटनगर । विराटनगरमा सञ्चालित पहिलो चरणको उद्यमशीलता विकास तालिमको उपमेयर शिल्पा निराला कार्कीले अनुगमन गरेकी छन् ।

अनुगमन समितिकी संयोजकसमेत रहेकी उपमेयर कार्कीले गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रमअन्तर्गत विराटनगर वडा नम्बर १७ मा सञ्चालित तालिमको अनुगमन गरेकी हुन् ।

गत वर्ष लघु उद्यमशीलता तालिम विराटनगर १६ र १९ नम्बर वडामा सञ्चालन भएको थियो । यस वर्ष विराटनगर ५ र १७ मा सञ्चालन भइरहेको छ । ८ दिने तालिममा महिलाहरुलाई उद्यमशीलता तालिम दिइनेछ । तालिममा सहभागीहरुलाई व्यवसायको योजना कसरी बनाउने, स्थानीय बजारको माग के छ भन्ने सैद्धान्तिक ज्ञान दिइने आर्थिक विकास महाशाखा प्रमुख दीपक पौडेलले जाकारी दिए ।

उनका अनुसार यो तालिमपछि उनीहरुकै मागका आधारका समूहगत छलफल गरेपछि उनीहरुले चाहेको थप सीपविकास तालिम दिइन्छ ।

जुन तालिम लिएका छन् त्यसैअनुसार प्रविधिमा महानगरले सहयोग गर्ने उनले बताए । दुईवटा वडामा सञ्चालित तालिममा ८४ जना नयाँ उद्यमी सिर्जना गरिनेछ । गत वर्ष पनि ८४ जनाले तालिम लिइएका थिए ।

अनुगमनमा उपमेयर कार्कीसहित अनुगमन समितिकी सदस्य सरिता घिमिरे, आर्थिक विकास महाशाखा प्रमुख दीपक पौडेल, महिला लघु उद्यमीकाका तर्फबाट सुनिता छाराहाङलगायतको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्