नेपाल टाइम्सका सञ्चालक अब्दुल खत्ताब प्रहरीको नियन्त्रणमा

<span class='c1'>नेपाल टाइम्सका सञ्चालक अब्दुल</span> <span class='c2'>खत्ताब प्रहरीको नियन्त्रणमा</span>

विराटनगर । नेपाल टाइम्सका सञ्चालक अब्दुल खत्ताब (सेहन्सा ) लाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

विराटनगरका उद्योगी अरुणकुमार राठीलाई अपहरण गरेर बन्धक बनाई रकम असुलेको आरोपमा उनलाई आज (बिहिवार) नियन्त्रणमा दिलएको प्रहरीले जनाएको छ ।

गत मङ्सिर १४ गते घरबाटै ल्याएर विराटनगरका विभिन्न स्थानमा पु¥याई दवावमा १५ लाख रुपैँया असुलेको भन्दै उद्योगी राठीले प्रहरी समक्ष जाहेरी दिएका थिए ।

प्रहरी समक्ष जाहेरी परेदेखि सम्र्पक विहीन भएका अब्दुललाई आज विहान ११ बजे प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी दिपक श्रेष्ठले जानकारी दिए ।

पक्राउ परेका खत्ताबलाई आज नै मोरङ अदालतबाट म्याद थप गरी अनुन्धान अगाडी बढाईने जनाएको छ ।
‘मुद्दा दर्ता भइसकेका हुनाले आज नै जिल्ला अदालतले म्याद थप गर्छ,’डिएसपी श्रेष्ठले भने,‘अदालतको म्याद थप पछि प्रहरीले थप अनुसन्धान गर्नेछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्