विराटनगर । राष्ट्रपति विद्यादेवी भण्डारीले विराट एक्स्पोले प्रदेश १ का पर्यटकीय गन्तव्यहरु प्रवद्र्धनमा विशेष टेवा पुग्नेमा जोडदिईन् । विराटनगरमा उद्योग संगठन मोरङले आयोजना गरेको ‘विराट एक्स्पो २०७९’ उदघाटन समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले विहिवार एक्स्पोका माध्यमबाट प्रदेश १ का पर्यटकिय गन्तव्यहरु कृषि हस्तकला औद्योगिक उत्पादकहरुको प्रवधनमा समेत विशेष टेवा पुग्नेमा जोड दिएकी हुन् ।
उनले नेपालको इतिहासमा विराटनगर क्षेत्रको सम्मानित पहिचान रहेको विराटनगरमा उद्योगीहरुले मुलुकको सामाजिक क्षेत्रमा गरेको योगदान सधैँ प्रशसाको विषय रहने बताइन् । कोभिड १९को महामारीले सिथिल भएको आर्थिक गतिविधिलाई विराट एक्स्पोले राष्ट्रिय अर्थतन्त्रलाई माथि उठाउन मद्दत पु¥याउने बताएकीछिन् । राष्ट्रपति भण्डारीले औद्योगिक प्रदर्शनीहरुले उत्पादक र उभोक्ताहरु वीचको अन्तरसम्बन्ध स्थापित गर्ने साथै बजार र उत्पादनहरुको विस्तार गर्ने कार्यमा महत्वपूर्ण योगदान पु¥याउने बताइन् ।
‘यो एक्सपोबाट औद्योगिक उत्पादनहरुको खरिद विक्रि मात्रै हुने मात्र नभई उद्योगी व्यवसायिहरु वीच अनुभव र सिकाइका आदनप्रदान हुने छ भन्ने मैले विश्वास लिएकी छु,‘उनले भनिन्,‘ नेपालसहित छिमेकी मुलुकहरु एक्सपोमा सहभागी भई उद्यामीहरु बीच पारसपारिक सम्पर्क विस्तार भई कृषि तथा औद्योगिक उत्पादन नयाँ सम्भावना खोजि गर्ने मद्दत पुग्नेछ । ’ उनले राष्ट्रिय अर्थतन्त्रमा ठूलो योगदान गर्दै आएको विराटनगरले पछिल्लो वर्ष आफ्नो पहिचान कायम राख्न संघर्ष गरिहेको अनुभव बताउदै उनले विराटनगरको मौलिक पहिचान र संरचनाको निर्माणको पहल गर्नेमा उनले प्रतिवद्धता जनाइने ।
‘ औद्योगिक क्षेत्रमा थप लगाउनी भित्रउान उद्योगिहरुलाई उत्साहित तल्याउन सबै पक्षको ध्यान जान आवश्यक रहेका छ, ’उनले भनिन्,‘ औद्योगिक क्षेत्रका समस्या पहिचानको पहल गर्न यस क्षेत्रमा आवहन गर्दै निजि क्षेत्रको समस्या समाधान गर्न सरकारलाई ध्यान आकार्षण गराउने छु ।’ उनले विराटनगरको नयाँ गौरव स्थपाना गर्नेमा सधैँ साथ रहने प्रतिबद्धता जनाउदै विराटनगरले आर्थिक एवम् औद्योगिक विकासमा ठूलो सम्भावना बोकेको बताइन् ।