विराटनगर । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र कुमार राईले निजि क्षेत्रको सक्रियता महत्वपूर्ण र अर्थपूर्ण रहने बताएका छन् ।
मुख्यमन्त्री राईले विराट एक्स्पो कार्यक्रमको उद्धघाटन कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् । मुख्यमन्त्री राईले राज्यले सबै कुरा गर्नुपर्छ भन्ने मान्यता अन्त्य भएको बताउदै उत्पादन, विकास सेवा प्रवाहको विषयमा राज्य सिंगल एजेन्ट नरहेको उल्लेख गरे ।
‘एक हिसाबले राज्य मेनेजर जस्तो मात्रै रहेको छ, र हाम्रो जस्तो कम्जोर अर्थतन्त्र भएको मुलुकमा राज्यले मात्रै गर्न सक्छ भन्ने कल्पना पनि अन्यथा हुन्छ ।’ उनले ‘निजि क्षेत्रको भूमिका धेरै नै अर्थपूर्ण रहेको छ यसको उदाहरण यो एक्स्पो हो । ’ प्रदेश १ मा विकासको सम्भावनामा एक नम्बरमा रहेको बताउदै उनले प्रकृति संस्कृतिको हिसाबले पनि एक नम्बर रहेको बताए । ‘ प्रदेश १ हरेक क्षेत्रमा १ नम्बर छ तर, यथार्थमा सन्तोजनक छैन उद्योग क्षेत्रमा १ नम्बरमा थियो तर, अहिले यसले आफ्नो पोजिसनलाई घटाउदै गएको छ,’ उनले भने । प्रदेश सरकराको भूमिका निरिह रमिते जस्तो बन्नुपरेको बताए ।
राष्ट्रपति तर्फ इकिंत गर्दै उनले संघियता प्रणाली एकात्मक राज्य जस्तो भएको बताए । प्रदेशले धेरै काम गर्न नसक्नु अधिकार र बजेट केन्द्रले नै खुम्च्याएर राखिएको आरोप लगाउदै उनले स्थानीय प्रदेशको भूमिका सन्तोसजनक हुन सकेको बताए ।