कोसी अस्पताल विराटनगरमा मेडिकल कलेजको भवन शिलन्यास

<span class='c1'>कोसी अस्पताल विराटनगरमा मेडिकल</span> <span class='c2'>कलेजको भवन शिलन्यास</span>

विराटनगर । कोसी अस्पताल विराटनगरमा पाँच सय शैय्याको आठ तले मेडिकल भवनको शिलान्यास भएको छ । २ करोड १७ लाख ६६ लाख २० हजार २ सय ८३ रूपमा लागतमा निर्माण हुन लागेको आठ तला भवन निर्माणको प्रक्रिया सुरु भएको हो । अस्पतालको भवन बिहीबार शिलन्यास गरिएको छ । सहरी विकास मन्त्री मेटमणी चौधरी र स्वास्थ्य तथा जनजसंख्या मन्त्री भवानीप्रसाद खापुङ्गले संयुक्त रूपमा शिलन्यास गरेका हुन् ।

शहरी विकास तथा भवन निर्माण विभागले मूल्य अभिवृद्धि कर बाहेक २ अर्ब १७ करोड ६९ लाख ९२ हजार २ रुपैयाँ १३ पैसाँमा कुल लागत अनुमागन गरेकोमा ठेकेदार कम्पनी केसी कन्ट्रक्सन काठमाण्डौंले ३ लाख ७१ हजार ७१९ रूपैयाँ कम लागतमा २ अर्ब १७ करोड ६६ लाख २० हजार २८३ रुपैयाँमा ठेक्का लिएको हो ।

तीन वर्षमा काम सम्पन्न गर्ने गरी ठेकेदार कम्पनीले काम गर्नुपर्नेछ । कोशी अस्पतालको शिलान्यास भएको मेडिकल भवनको निर्माण पूरा भएर संचालनमा आएपछि कोशीको एक हजार शैय्याको हुनेछ । अहिले कोशीमा साढे ३ सय शैय्या संचालन रहेको छ । यसअघि एक वर्ष अगाडि शिलान्यास भएर निर्माण सुरू भएको पाँच तले भवन निर्माणको काम रोकिएको छ । ठेकेदार कम्पनी रमन भूमि, बि.आई. पि.एल. जेभी सम्र्पकबिहीन भएपछि चार महिनादेखि काम रोकिएको हो । पाँच तलाको भवन ३३ करोड २२ लाख ४८ हजार ९ सय ११ रुपैयाँ ३३ पैसामा ठेक्का लिएको थियो ।

उक्त जेभीले ठेक्का पाएपछि वि.सं. २०७८ असार २३ गते संघीय आयोजना कार्यान्वयन इकाईसँग सम्झौता गरेपछि २१ असोजमा तत्कालीन स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले शिलान्यास गरेका थिए ।
आठ तलाको बन्न लागेको कोशी अस्पताल भित्रको मेडिकल भवन पाँच सय शैय्याको हो । दुई तलाको अन्डरग्राउण्ड पार्किङ्ग रहनेछ । पहिलो अन्डरग्राउन्ड पार्किङमा ३४ वटा कार, ७७ वटा मोटरसाइकल र मेडिकल स्टोर रहनेछन् । त्यस्तै दोस्रो अन्डरग्राउण्ड पार्किङ्गमा २५ कार ८५ वटा बाइकल र मेडिकल कोठा हुनेछ ।

ग्राउण्ड फ्लोरमा रजिष्टे«शन, रोडियोलोजी, ब्लड बैंक, ल्याब, फार्मेसी र जनरल स्टोर रहनेछ । पहिलो तलामा पीसिआई, एनआइसियू वार्ड र बच्चाको वार्ड रहनेछ । यो वार्ड ९१ शैय्याको रहनेछ ।
दोस्रो तलामा ९१ शैय्याको अर्थोपेडिक वार्ड रहनेछ । तेस्रो तलामा ९१ शैय्याको मेडिकल वार्ड रहनेछ । यस्तै चौथो तलामा १ सय ३ शैय्याको ट्रमा सर्जिकल वार्ड रहनेछ । जसमा आँखा, नाक, कान, घाँटी, बन, डेन्टल र जनरल सर्जरी वार्ड रहनेछ ।

यसैगरी पाँचौ तलामा १ सय शैय्याको ट्रमा सर्जिकल वार्ड रहेको छ । जसमा एनआइसियू, सिटिभिएस, न्यूरो सर्जरीलगायतका वार्ड रहनेछन् । यस्तै छैठौं तलामा ३० शैय्याको शल्यक्रिया वार्ड रहनेछ । यहाँ ९ वटा मेजर शल्यक्रिया हुनेछ भने अन्य सामान्य शल्यक्रिया पनि यही वार्डमा हुनेछ । यो वार्डमा सिएसएसडी, पोस्टअप वार्ड पनि रहनेछ । यसैगरी सातौं र आठौं तलामा सेमिनार र मिटिङ्ग हल रहनेछ । आठ तलाको भवनमा ६ वटा लिफ्ट रहनेछन् । डाक्टर र विरामीका लागि छुट्टाछुट्टै लिफ्ट रहनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्