विराटनगरमा आजबाट ‘प्याब्सन विराट कप’ सुरू, डन बक्सको र सगरमाथा स्कुल विजयी

<span class='c1'>विराटनगरमा आजबाट ‘प्याब्सन विराट कप’ सुरू,</span> <span class='c2'>डन बक्सको र सगरमाथा स्कुल विजयी</span>

विराटनगर । दोस्रो संस्करणको ‘प्याब्सन विराट कप’ फुटबल टुर्नामेन्ट प्रतियोगितामा विराटनगरस्थित डन बक्सको र सगरमाथा स्कुल विजय भइ दोस्रो चरणमा प्रवेश गरेको छ ।

प्याब्सन विराटनगरको आयोजनामा शुक्रबारदेखि सुरू भएको प्रतियोगिताको पहिलो खेलमा डन बक्सको स्कुलले सनसाइन स्कुललाई २–० गोलले पराजित गर्दै डन बक्सको स्कुल दोस्रो चरणमा प्रवेश गरेको हो । जितको लागि डन बक्सको निकुस खतिवडाले १४ औं मिनेटमा र ४४ मिनटेमा सनुजो राजवंशीले गोल गरी टिमको जित सुनिश्चत गरेका थिए । खेलको म्यान अफ द म्याच पनि राजवंशी घोषित भए ।

सोही दिन भएको दोस्रो खेल सगरमाथा स्कुलले बालमिकी स्कुललाई टाइब्रेकरमा ४–३ ले हराउँदै सगरमाथा स्कुल दोस्रो चरणमा प्रवेश गरेका छ । निर्धातिर समयसम्म १÷१ गोलको बराबरी भएपछि खेलको छिनोफानो ट्राइब्रेकरबाट भएको हो । प्रतियोगिताको उद्घाटन विराटनगर महानगरपालिका प्रमुख नागेश कोइरालाले गरेका थिए । पुस १ देखि ८ गतेसम्म संचालन हुने प्रतियोगितामा २८ वटा विद्यालयले भाग लिएको कार्यक्रम संयोजक नन्दलाल मण्डलले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्