हुलाकी सडक निर्माणका लागि विराटनगर महानगरका मेयर कोइरालाको दबाब

<span class='c1'>हुलाकी सडक निर्माणका लागि विराटनगर</span> <span class='c2'>महानगरका मेयर कोइरालाको दबाब</span>

विराटनगर । विराटनगर–४ स्थित जामुनेश्वरदेखि केशलिया पुलसम्मको हुलाकी सडक निर्माणका लागि विराटनगर महानगरका मेयर नागेश कोइरालाले दबाब दिनु भएको छ ।

स्थानीयवासीसँगै हुलाकी सडक कार्यालय इटहरी पुगेर मेयर कोइरालाले तत्काल सडक निर्माण गर्न दबाब दिनु भएको हो । उहाँले स्थानीयको समस्या सम्बोधन गर्नु आफूहरुको दायित्व भएकाले हुलाकी सडक निर्माणका लागि दबाब दिन आफैं उपस्थिति भएको जानकारी दिनुभयो ।

मेयर कोइरालाकै अग्रसरमा जिल्ला प्रशासन कार्यालय, ठेकेदार र हुलाकी सडक कार्यालयका प्रतिनिधिसित पटकपटक छलफल गर्दा पनि सडक निर्माणले गति लिन सकेको छैन ।
ठेकेदार सम्पर्कविहीन भएका कारण सडक निर्माण हुन नसकेको हुलाकी सडक कार्यालयले जनाएको छ ।

ठेकेदारलाई सम्पर्कका लागि ७ दिने सूचनासमेत प्रकाशित गरिसकेको कार्यालयले बताएको छ । हुलाकी सडक कार्यालयले निर्माण गर्न नसके महानगर आफैंले सो सडक बनाउने मेयर कोइरालाले बताउनुभयो । हुलाकी सडक कार्यालयअन्तर्गत पर्ने भएकाले सो सडक बनाउन नसकिएको उहाँले बताउनुभयो ।

“हामी बनाउन सक्दैनौं तपाईंहरु नै बनाउनुहोस् भनेर कि त लेखेर दिनुहोस् नत्र छिटो बनाउनुहोस्,” कार्यालयका प्रमुखलाई दबाब दिँदै मेयर कोइरालाले भन्नुभयो, “पटक–पटक तपाईंहरुले ढाँटेका कारण बाध्य भएर कार्यालयमै आउनु परेको हो । म विराटनगरवासीको अभिभावक पनि हो, उहाँले धेरै नै दुःख पाउनुभयो । त्यही भएर पनि म आफैं आएको हुँ । फेरि पनि आउनुपर्ने अवस्था आए स्थानीय सडकपीडितले तालाबन्दी गर्ने गरी आउँछौं ।”
हुलाकी कार्यालयले ठेकेदारको खोजी भइरहेको र कारबाहीको प्रक्रिया अगाडि बढिसकेको बताएको छ । ठेक्का रद्द गर्ने प्रक्रियामा गइसकेको कार्यालयले प्रस्टीकरण दिएको छ ।

मेयरसँगै जामुनगाछी क्षेत्रका स्थानीय हुलाकी कार्यालय इटहरी पुगेका थिए । सडक नबन्दा वर्षायाममा हिलाम्मे र हिउँदमा धुलाम्मे हुने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्