दिपक बज्रचार्यले तताए विराट एक्स्पोको माहोल आज सुगम पोखरेलको प्रस्तुति

दिपक बज्रचार्यले तताए विराट एक्स्पोको माहोल आज सुगम पोखरेलको प्रस्तुति

प्रेम देवान
विराटनगर । पौष महिनाको साँझपखको जाडो जाडो मौसम । युवा पुस्ता बाक्लो न्यानो कपडामा सजिएका छन् । स्टेजमा गायक दिपक बज्रचार्यले नाचौँ नाचौँ लाग्ने गितहरु गाईरहेका छन् । उता स्टेजदेखी तलका दर्शकहरु दिपक बज्रचार्यले गाएको गितहरुमा छमछम नाचिरहेका दृष्य हाम्रो क्यामाराले कैद गरिरहेको हुन्छ ।

देखिएको दृष्य हो विराटनगरमा जारी विराट एक्स्पो २०७९ को । मंसिर २९ गतेबाट पुष ६ गते सम्म विराटनगर १४ स्थित डिग्री क्याम्पस छेउमा कृषी तथा औद्योगिक अन्तराष्ट्रिय प्रदर्शनी जारी छ । उद्योग संघठन मोरङले आयोजना गरेको साप्ताव्यापी अन्तराष्ट्रिय प्रदर्शनीमा हरेक साँझ साँस्कृतिक कार्यक्रम पनि आयोजना हुदै आएको छ । झन्डै आदा दर्जन राष्ट्रिय तथा स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति हुदै आएको छ ।

अहिले सम्म स्वप्न एण्ड सुमन , दिपक बज्रचार्यले आफ्नो प्रस्तुति दिईसकेका छन् भने, आज शनिबार साँझ चर्चित गायक सुगम पोखरेलको प्रस्तुति रहने आयोजकले जनाएको छ ।

विराटनगर लगायत आसपासका गाउपालीका र नगरपालीकाबाट सहभागी भएका दर्शकहरुले कार्यक्रम अवधीभर भरपुर मनोरन्जन लिने गरेका छन् । आयोजकले नि:शुल्क बसको व्यवस्था गरेसँगै विराटनगरका बाहिरका दर्शकहरु पनि आउने गरेका छन् ।

यसैविच मंसिर २९ गते स्वप्न एण्ड सुमनको कार्यक्रम पनि दर्शकहरुले भरपुर मनोरन्जन लिएका थिए । विराटनगरकी होष्ट अनुपमा बास्तोलाले कलाकार र दर्शकलाई लोभ्याउने उद्घोषणले तानिरहेको हुन्छ । पुष १ गते शुक्रबार साँझ पनि विराट एक्स्पोमा भएको सास्कृतिक कार्यक्रममा गायक दिपक बज्रचार्य एण्ड द रिदम व्याण्डको प्रस्तुतिले एक्स्पोको माहोल तातिरहेको थियो ।

आयोजक उद्योग संघठन मोरङका अध्यक्ष सुयस प्याकुरेल लगायतका उनका परिवार स्वयम दिपक बज्रचार्यले गीत प्रस्तुत गरिरहदाँ जाडोमा नाचेर जीउ तताईरहेका देखिन्थे । त्यति मात्र हैन स्टेजको तल्लोभागमा विराटनगरका अधिकास युवायुवतीहरु दिपक बज्रचार्यको गीतमा नाचेर भरपुर मनोरन्जन लिन भ्याईरहेका थिए । भने साना नानी च्यापेर समेत नाचेको दृष्यले एक्स्पोको साँगितीक माहोललाई तानिरहेको थियो ।

त्यहाँ अर्को दृष्यले पनि थप माहोल बढाईरहेको थियो । दिपक बज्रचार्यको गीतमा एक जना साना बालिकाले कम्पर मर्काई मकाई नाचेको दृष्यले सबैलाई आश्चर्य बनाईरहेकोे थियो । झण्डै एक दर्जन गितहरु प्रस्तुत गरेका बज्रचार्यले अन्तिम समय सम्म सबै दर्शकहरुलाई मनोरन्जन प्रदान गरेका थिए ।

यसैविच आज साँझ सुगम पोखरेलको प्रस्तुति रहेको छ भने, भोली पुष ३ गते ¥यापर मिस्टर डि पौष ४ गते अस्मिता अधिकारी, पुष ५ गते समिर श्रेष्ठ र पुष ६ गते अन्तिम दिन ईन्द्रिरा जोशीको प्रस्तुति रहने आयोजकले जनाएको छ ।

हरेक दिन हरेक साँझ एक्स्पोको अवलोकनसँगै साँगेतिक रनोरन्जनमा पनि रम्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्