कुनै पनि क्षेत्रमा पून निर्वाचन र पून मतगणना गर्नुपर्ने अवस्था छैन : थपलिया

कुनै पनि क्षेत्रमा पून निर्वाचन र पून मतगणना गर्नुपर्ने अवस्था छैन : थपलिया

विराटनगर । निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले समानुपातिकमा धेरै मत बदर हुँदा निर्वाचन आयेग नै अपमानित भएको बताएका छन् ।

प्रमुख आयुक्त थपलियाले आज (सनिवार) प्रदेशसभामा पत्रकार सम्मेलनको आयोजना गर्दै गठबन्धनको समानुपातिक प्रणालीको निर्वाचनमा एउटै मतपत्रमा धेरै वटा चुनाव चिन्हमा मतदाताले मत हाल्दा धेरै मत बदर हुँदा आयोग नै अपमानित भएको बताएका हुन् ।

मंसिर ४ गते सम्पन्न प्रतिनिधि र प्रदेशसभा निर्वाचनको मतपरिणाम प्रतिवदेन १ नम्बर प्रदेशका प्रदेश प्रमुख पर्शराम खापुङलाई बुझाउन शनिबार विराटनगर आएका उनले मत तबदरको अवस्था हेर्दा अयोगले अपेक्षा गरेको अनुरुपको अवस्था नभएको बताए ।
‘यो के कारणले यस्तो अवस्था अयाो भन्ने आयोगले समिक्षा गरेको अवस्था छैन । यो प्रकृति हेर्दा मतदाताहरुले शासन प्रणाली र दलहरुप्रतिको भावनालाई स्वस्तिक छाप मार्फत प्रकट गरेको हो कि भन्ने देखिन्छ ।’ उनले भने,‘ मत परिणमलाई विश्लेषण गरेर हेर्दा राजनीतिक दलहरुले प्रचार प्रसारको क्रममा अर्को दलको व्यक्तिले पनि अर्को दलको मत माग्दै हिँड्दा मतदाताले पनि सबैलाई मत दिनुपर्छ भनेर होकी’ उनले गठबन्धन बलियो बनाउनको निम्ति मतदाताले मतदान गरेको बताउदै उनले भने,‘ मतपत्र धेरै बदर भएर हामी अपमानित भएको महसुस गरेका छौँ । ’

उनले निर्वाचन आयोगले निस्पक्ष रुपमा निर्वाचनगरेका कारण कुनै पनि क्षेत्रमा पून निर्वाचन र पून मतगणना गर्नुपर्ने अवस्था नहरेको समेत बताए ।
आयोगले गरेको कुनैपनि निणर्यमाथि पुनरावेदन लाग्ने अदालतबाट भएको आदेश पालना गर्न आयोग प्रतिवद्ध रहेको बताउदै उनले आजका मितिमा निर्वाचनमा एउटा पनि मतदान अधिकृतले आफ्नो स्वार्थ सिद्धकीका लागि कुनै काम गरेको नगरेको साथै कुनै सुरक्षाकर्मी नचुकेको दाबी गरे ।

स्याङ्जको मरेका मान्छेको नामबाट पनि मतदान भएको प्रशंगमा उनले स्याङ्जामा मृतकको नामबाट मतदान गरेको विषय हल्ला मात्रै भएको बताए ।
‘नेपालका कुनै पनि ठाउँमा मरेका मान्छे जिउदो हो भनेर प्रमाणित गर्ने कुनै राजनीतिक दल छ ?’ उनले प्रश्न गर्दै भने,‘ त्यहीँ (मतदान केन्द्र) मा बसेको मान्छेले मरेको मान्छे जिउँदो भएर आयो भनेर सहिँ छाप गर्न सक्छ ? यदी सक्छ भने मरेको त्यो मान्छे होइन, हामी मृतक हौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्