विराटनगर । विराटनगरको पन्जावी पेट्रोल पम्पको अगाडि टिभिएसको ग्राण्ड एक्स्चेन्ज मेला सुरु भएको छ ।
विराटनगरका लागि आधिकारिक बिक्रेता केशरीचन्द भवरलालको आयोजनामा केही महिना अघि सम्पन्न भएको मेलामा ग्राहकको घुइचो लागेको र ग्राहकको माग बमोजिम पुन: मेला आयोजना गरिएको केशरी चन्द भवरलालका व्यवस्थापक सन्तोष शाहले जानकारी दिए ।
मंसिर २९ देखि पौष ५ गते सम्म आयोजना हुने मेलामा रु ६००० सम्म को नगद छुट , कुनै पनि कम्पनीको बाइक वा स्कुटर लिएर साट्न आउँदा रु ७००० सम्मको भ्यालु एडिसन , न्युनतम इएमआइ का साथै हेल्मेट बाइक कभर र ब्याग समेत उपलब्ध हुने कम्पनीले जनाएको छ ।
एक्स्चेन्ज मेलामा ग्राहकहरुको राम्रो उपस्थिती रहेको र मौकाको फाइदा लिनका लागि सम्पूर्ण उपभोक्तालाई व्यवस्थापक शाहले अनुरोध गरे ।