संशोधित निर्यात अनुदान कार्यन्वयन गर्न राष्ट्र बैंकको निर्देशन

<span class='c1'>संशोधित निर्यात अनुदान कार्यन्वयन</span> <span class='c2'>गर्न राष्ट्र बैंकको निर्देशन</span>

विराटनगर । नेपाल राष्ट्र बैंकले निर्यातमा अनुदान प्रदान गर्ने सम्बन्धी (दोस्रो संशोधन) कार्यविधि २०७९ अनुसार सिमेन्ट, क्लिङ्कर लगायत बस्तु निर्यात गर्दा अनुदान दिने प्रक्रिया अगाडि बढाउने निर्देशन दिएको छ । नेपाल सरकारले कार्यविधि संशोधन गरेअनुसार सिमेन्ट, डन्डी लगायत वस्तु निर्यातमा दिइने अनुदानका लागि सम्बन्धित निकायलाई परिपत्र जारी गरिएको हो ।

सरकारले चालु वर्षको बजेटमा सरकारले थप ६ वस्तुको निर्यातमा अनुदान दिने व्यवस्था गरेको थियो । सोही अनुसार निर्यातमा अनुदान प्रदान गर्ने सम्बन्धी कार्यविधिको (दोस्रो संशोधन) अनुसार ८ प्रतिशतसम्म अनुदान दिने मन्त्रिपरिषदले स्वीकृत गरेर राजपत्रमा छापिइसकेको छ । कार्यविधि अनुसार निर्यात गर्ने उद्योगीले सोधभर्नाबाट निर्यात अनुदान रकम प्राप्त गर्नेछन् ।

यसअघि कागजात पु¥याएर निवेदन स्वीकृत भएको सात दिनभित्र रकम प्राप्त गर्ने व्यवस्था रहेकोमा अब भने अनुदान पाउन १५ दिन लाग्ने भएको छ । अनुदान भुक्तानीको लागि नेपाल सरकारले राष्ट्र बैंकलाई रकम उपलब्ध गराउनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्