३६ वर्षपछी बखरी आधारभूत विद्यालयले मनायो वार्षिकोत्सव

<span class='c1'>३६ वर्षपछी बखरी आधारभूत</span> <span class='c2'>विद्यालयले मनायो वार्षिकोत्सव</span>

विराटनगर । विराटनगर-१२ स्थित बखरी आधारभूत विद्यालयको ३७ औं स्थापना दिवस भव्य रुपमा मनाइएको छ।

वार्षिकोत्सवको अवसरमा खेलकुद स्पर्धामा विजयी विद्यार्थीहरुलाई पुरस्कार प्रदान गरिएको छ । कार्यक्रममा विद्यालयका करिब २ सय विपन्न वर्गका विद्यार्थीलाई ट्र्याक सुट र स्टेशनरी समाग्री वितरण गरिएको स्कुलका प्रधानाध्यापक गोबिन्द गजुरेलले जानकारी दिए ।

कार्यक्रममा स्कुल स्थापना र विकासमा सहयोग पुर्याउने व्यक्तित्वहरु, सेवा निवृत्त प्रअ र शिक्षकहरु, विद्यालयका सहयोगी दाताहरु र विभिन्न क्षेत्रमा सफलता हासिल गरेका व्यक्तिहरुलाई सम्मान गरिएको थियो।

कार्यक्रमा राष्ट्रिय वाणिज्य बैंक विराटनगर शाखा र लक्ष्मी बैंक विराटनगरले विद्यार्थीहरुलाई न्यानो कपडा उपलब्ध गराएको थियो । विराटनगर १२ का वडा सदस्य कुशेश्वर राजवंशी र बालचन्द्र सरोज प्रतिष्ठानको तर्फबाट स्टेशनरी सहयोग गरिएको प्रअ गजुरेलले बताए । कार्यक्रममा अभिभावक र विद्यार्थीहरुको लागि निःशुल्क आँखा शिविरको आयोजना गरिएको थियो । वार्षिकोत्सवकै अवसरमा उत्कृष्ट शिक्षक छनौट गर्ने परम्पराको सुरुवात गरिएको प्रअ गजुरेलले बताए । यस वर्षको उत्कृष्ट शिक्षक विद्यानन्द शर्मालाई प्रमाणपत्रसहित सम्मान गरिएको थियो ।

विराटनगर महानगर शिक्षा अधिकारी दुर्गाप्रसाद खतिवडाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा राष्ट्रिय वाणिज्य बैंक विराटनगर प्रमुख अरुणकुमार ढुंगाना, लक्ष्मी बैक: विराटनगर प्रमुख मो. अनवर अली, विद्यालयका अक्षकोष संस्थापक मणि अर्ज्याल, स्टार बार्डिङका प्रिन्सिपल डा. उद्धव पोखरेल, बालचन्द्र अर्ज्याल, कुशोश्वर राजवंशी, निवर्तमान प्रअ महेश प्रसाद यादव लगायतले विद्यालयलाई शुभकामना दिए ।

कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वीरेन्द्रकुमार कामतको अध्यक्षतामा सम्पन्न भएको थियो । विद्यालयका प्रअ गजुरेलले,विपन्न र सिमान्तकृत बालबालिकाहरुका लागि प्रशस्त सहयोगहरु जुटाउन सकिएको र अभिभावहरुको सकारात्मक सहयोग प्राप्त भएकाले भब्य कार्यक्रम आयोजना गर्न सकिएको र विद्यालयको विकास आफु विश्वस्त रहेको बताए ।

विद्यालयका प्रअ गजुरेलले आफुले पाउने प्रअ भत्ताको रकमबाट कपी, व्याग जस्ता सामाग्री खरिद गरि विद्यालयका विपन्न विद्यार्थीलाई दिने घोषणा गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्