विराटनगर । कृषि उद्यमीहरुलाई प्रविधिको प्रयोगद्वारा अगाडि बढाउने उदेश्यले टिगले `कृषि उद्यमी सशक्तीकरण अभियान´ को थालनी गरेको छ ।
नेपालमै निर्मित लेखा र मौज्दात व्यवस्थापन प्रणाली टिग `कृषि उद्यमी सशक्तीकरण अभियान´को थालनी गरेको हो ।
टिग एक क्लाउडमा आधारित प्लेटफर्म हो जुन बिआइसी टेक्नोलोजीद्वारा विकसित गरिएको छ । जसबाट प्रयोगकर्ताहरुले आफ्नो लेखा,सूची,उत्पादकता बढाउन, ग्राहकहरु व्यवस्थापन गर्न लगायत व्यवस्थापन गर्न सकिने टिग्गा कम्पनीको सह-संस्थापक प्रार्थना साखले बताइन् ।
डिजिटलाइजेशनको प्रक्रियामा सबैको सहभागी सुनिश्चित गर्ने प्रयासको रुपमा टिग्गाले प्रदेश १ का कृषि-उद्यमीहरुलाई नि:शुल्क `टिग स्ट्यान्डर्ड प्याकेज´ दिने सह-संस्थापक साखले जानकारी दिईन ।
प्रदेश १ मा रहेका मकै, अलैंची, दुग्ध उत्पादन वा तरकारी उत्पादक,वितरक,संङकलनकर्ता, व्यापारी वा खुद्रा बिक्रेताहरुले टिग्गाको `टिग स्ट्यान्डर्ड प्याकेज´पाउनका लागि योग्य छन् । Tiggapp.com वेबसाईटबाट व्यवसायहरु सजिलै यस अभियानको लागि दर्ता गर्न सकिने सह-संस्थापक साखले बताइन् ।
हाम्रो लक्ष्य एक सय कृषि उद्यमीहरुसम्म पुग्नु र उनीहरुलाई डिजिटलाइजेशनको फाइदा लिन सक्षम पार्ने यस अभियानको मुख्य उदेश्य रहेको सह-संस्थापक साखले बताइन् ।