विराट एक्स्पो विशेष : टेक्फिनिटि सल्युसंस एण्ड रिसर्चको स्टलमा अफरै अफर

<span class='c1'>विराट एक्स्पो  विशेष : टेक्फिनिटि</span> <span class='c2'>सल्युसंस एण्ड रिसर्चको स्टलमा अफरै अफर</span>

विराटनगर । विराटनगरमा जारी कृषि तथा औद्योगिक अन्तराष्ट्रिय प्रदर्शनीमा टेक्फिनिटि सल्युसंस एण्ड रिसर्च प्रा.ली.ले ग्राहकहरुलाई भारी अफर सहित छुटको व्यवस्था दिएको छ ।

मंसिर २९ गतेबाट विराटनगर १४ स्थित पुरानो हवाई फिल्डमा जारी विराट एक्स्पोमा स्टल नं बी -१३४ र १३५ बाट टेक्फिनिटिले एक्स्पोमा आउने ग्राहकलाई विभिन्न आईटीको सामान बुकिंग तथा खरिदमा भारि छुटको व्यवस्था रहेको टेक्काफिनिटिका संचालक पर्वत झाले जानकारी दिए ।

विगत १० वर्ष देखि टेक्नीकल कन्सलटेन्ट र एडभाइसको पनि काम गरिरहेको उक्त कम्पनिको स्टलमा आइडी कार्ड प्रिन्टर , लेबल प्रिन्टर, आइपी टेलिफोनिंग, नेटवार्किंग सेक्युरिटी , सिसिटिभी क्यामेरा जस्ता सामानहरु राखिएका छन् ।

उक्त कम्पनीले यहि एक्स्पोको अवसर पारेर आफ्नो नयाँ सामान भी क्लाउड पोइन्ट पनि सार्वजनिक गरेको कुरा टेक्काफिनिटिका संचालक झाले बताए । यस भी क्लाउड पोइन्टले एउटा डेस्कटप होस्ट बनाएर अरु डेस्कटपहरु पनि चलाउन सकिने छ ।

इन्टरनेट सेक्युरिटीमा पनि काम गरिरहेको कम्पनिले मेलाको अवसर पारेर फ्री सिसिटिभी हेल्थ चेकअप, नेटवर्किंग हेल्थ चेकअपको व्यवस्था पनि गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्