विराटनगर । विराटनगरमा जारी विराट एक्स्पोमा फुजिमा आयल कम्पनीले पनि आफ्ना उत्पादित सामाग्रीहरु प्रदर्शनीमा राखेको छ ।
उद्योग संघठन मोरङले आयोजना गरेको कृषि तथा औद्योगिक अन्तराष्ट्रिय प्रदर्शनीमा स्टल नं ई-२४ मा विभिन्न उप्पादित सामाग्रीहरु राखेको छ । मेलामा आउने अवलोकनकर्ताहरुलाई फुजिमा आयल कम्पनीले उत्पादन गरेका सामान खरिदमा अफर दिएको छ । जस अन्तर्गत एउटा मोविल किन्दा अर्को मोविल अफर दिएको छ ।
त्यसैगरि नेपालमा पहिलो पटक उत्पादन भएको एस एल को फुल्ली सिन्थेटिक इन्जिन ओयल पनि प्रदर्शनीमा रहेको छ ।
विशेष गरि पेट्रोल ईन्जिनमा प्रयोग हुने यो सिल्क इन्जिन आयलमा कम्पनीले प्रोडक्ट लाईबिलिटी इन्स्युरेन्स पनि गरको जानकारी फुजिमा आयलका म्यानेजिङ्ग डाईरेक्टर सुवोध कोइरालाले जानकारी दिनुभयो ।
उक्त स्टलमा कम्पनीले रमाईलो खेल समेत राखेको छ ।