विराटनगर । मोरङको बुढीगंगास्थित आरती स्ट्रिप्स उद्योगमा काम गर्ने क्रममा मजदुर घाइते भएका छन् ।
उद्योगको मेसिनमा परेर स्थानीय ३३ वर्षीय लालीचन ऋषिदेव बुधबार बिहान घाइते भएका हुन् ।
उनको देब्रे खुट्टा छिनिएको र दाहिने खुट्टामा गम्भीर चोट लागेको उद्योगका जनसम्पर्क अधिकारी जीवन तिम्सिनाले जानकारी दिए । ऋषिदेवको स्थानीय विराट शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।
थप उपचारका लागि काठमाडौं लानुपर्ने भएकोले उद्योग प्रशासनले त्यसको तयारी गरिरहेको बताइएको छ ।
ऋषिदेवेको छिनेको खुट्टा जोडन सम्भव भएसम्म उद्योगले प्रयास गर्ने र त्यसका लागि काठमाडौं लैजान लागेको हो ।