विराट एक्स्पोमा समिर श्रेष्ठको क्रेज बढ्यो ,आज ईन्दिरा जोशी र डोङ आउने

विराट एक्स्पोमा समिर श्रेष्ठको क्रेज बढ्यो ,आज ईन्दिरा जोशी र डोङ आउने

विराटनगर । अहिले निक्कै नै लोकप्रिय हुँदै आएका युवा गायक समिर श्रेष्ठको एउटा छुट्टै युवा माँझमा क्रेज देखिएको छ ।

विशेषगरी किशोर पुस्ताहरुले मनपराउने गायक समिर श्रेष्ठले मंगलबार बेलुकी साँझ विराट एक्स्पोमा आफ्नो प्रस्तुति दिएका थिए ।

उनको प्रस्तुती हेर्नको लागी विराटनगरका फ्यानहरु निकै आतुर देखिन्थे । विराटनगरको डिग्री कलेजमा मंसिर २९ गतेबाट जारी कृषि तथा औद्योगिक अन्तराष्ट्रिय प्रदर्शनीको साँगितीक कार्यक्रम आएका समिर श्रेष्ठले राती ८ बजेबाट आफ्नो प्रस्तुति दिएका थिए । त्यस भन्दा अगाडी फशन सो रहेको थियो । झन्डै दुई घण्टा भएको फेशनको ¥याम्प वकपछि गायक समिर श्रेष्ठले आफ्नो प्रस्तुति दिएका थिए ।

पहिलो पटक विराटनगर आएका गायक श्रेष्ठले ‘थामन हात ,मेरो मनमा, चार दिवार,माया त माया हो ,चित्त बुझाउनु कसरी ,बुझी देउ, आज किन ,कुरी बसेछु लगायतका गीतहरु प्रस्तुत गरेका थिए ।

उनले आफ्नो प्रस्तुति दिइरहदाँ उनका फ्यानहरु समिर श्रेष्ठलाई गीत गाउन साथ दिईरहेका थिए । उनको लाईभ पर्फमेन्स हेर्नको लागी अधिकास किशोर अवस्थामा युवायुवतीहरु देखिन्थे । उनीहरुले आफ्नो मोवाईलमा समेत भिडियो खिच्न र हुटिङ र नाचेर साथ दिईरहेका थिए ।

आज गायिका ईन्दिरा जोशी र डोङको प्रस्तुति रहने आयोजकले जनाएको छ । साथै सिङ्गीङ आईडलको समेत फाईनल रहेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्