खोटाङ आगलागी पीडितका लागि प्रदेश १ सरकारले पठायो राहत

खोटाङ आगलागी पीडितका लागि प्रदेश १ सरकारले पठायो राहत

विराटनगर । खोटाङको केपिलासगढि गाउँपालिका ५ बक्सिला बजारमा भएको आगलागी पीडित परिवारका लागि प्रदेश १ सरकारले राहत सामग्री पठाएको छ ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयले आगलागी पीडित परिवारका लागि खाद्यान्न, लत्ताकपडा सहितका सामग्री खोटाङ पठाएको हो ।

मन्त्रालयले त्रिपाल १८ थान, कम्मल २७ थान, चामल ५ सय ४० केजी रहर दाल ५४ केजी र चिनी ५४ केजी राहत सामग्री पठाएको हो । सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले पीडितलाई उचित राहतको व्यवस्था प्रदेश सरकारले गर्ने बताउनुभएको थियो ।

जस अनुसार प्रदेश १ को मन्त्रीपरिषद्को बैठकले पीडित परिवारलाई तत्काल राहत उपलब्ध गराउने निर्णय गरेको थियो ।

बक्सिला बजारमा दीपक गुरुङको घरबाट बिजुलीको तार सर्ट भई सुरु भएको आगलागीले बजार क्षेत्रका ४ घर जलेर नष्ट हुँदा ५ करोड ९९ लाख ३३ हजार मूल्य बराबरको क्षति भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्