काठमाडौँ । मोरङ क्षेत्र- ३ बाट नेपाली कांग्रेसबाट निर्वाचित भएका डा. शुनिल शर्माले शपथ ग्रहणका लागि संसद भवनमा भागवत गीता लिएर गएका छन् ।
संसद भवन नयाँ बानेश्वरमा हुने शपथ ग्रहण कार्यक्रममा शर्मा भागवत गीता लिएर गएका हुन् ।
शर्माले भने ‘ पछिल्लो समय नेपाली राजनीतिमा झुट र भष्टचार मैलाएको छ । म सत्य र भष्टचाररहित राजनीतिलाई प्रसयदिन गीता बोकेर संसद छिरेको हुँ ।’
निर्वाचनको प्रसार प्रसारकै बेला शर्माले संसदको तलव भत्ता नदिने घोषणा गरिसकेका छन् ।
तस्विर:सरोज बस्नेत